राजनीति


प्रचण्डको शान पहिलेजस्तो रहेन, फेरि जेल-नेल खान तयार हुनुस्: पुष्पकमल दाहाल

प्रचण्डको शान पहिलेजस्तो रहेन, फेरि जेल-नेल खान तयार हुनुस्: पुष्पकमल दाहाल

नेपालखबर
भदौ १४, २०८२ शनिबार १६:३४, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सबै एकजुट भई सडक आन्दोलनमा उत्रिन नेता, कार्यकर्ताहरूसँग आग्रह गरेका छन्।  

काठमाडौँमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन्। 

'हिजो जनयुद्ध गरेर शान्ति प्रक्रियामा आउँदा संगठन त त्यति ठूलो होइन नि। राप थियो, ताप थियो, वाईसीयल थियो, सेना थियो। क्यान्टेनमेन्टमा भए पनि बन्दुक नै थियो,' उनले भने, 'म चुनावमा भोट हाल्न जाँदा जनमुक्ति सेनाका दुई वटा गाडी अघिपछि राखेर भोट हाल्न जाने त्यो बेलाको प्रचण्ड भनेपछि मान्छेले कस्तो बुझ्थ्यो भन्नुस् त। अहिले त..... छैन।’

उनले अब आन्दोलन गर्नुको विकल्प नरहेको बताउँदै एक पटक फेरि जेल, नेल, यातना खान तयार हुनुपर्ने बताए।

‘हामी सबै एक ढिक्का भएर सडकमा जाने हो। हामी आन्दोलनमा जाने हो। बरु अब एक पटक फेरि जेल, नेल, यातना खान पनि तयार हुने अब,' उनले थपे, ' नत्र सजिलै माथिबाट नियम बनाइदिने नेताहरूले, सदनबाट बल गरेर दलित ऐन बनाइदिने, प्राधिकरण बनइदिने अनि मुक्ति पाइन्छ भन्न थालियो भने अधिकार पाइँदैन। हामीलाई शक्ति चाहिन्छ।' 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad