राजनीति


कांग्रेसको ध्यान जनताको चुलो र जनस्वास्थ्यमा हुनुपर्छ : नेता बराल

कांग्रेसको ध्यान जनताको चुलो र जनस्वास्थ्यमा हुनुपर्छ : नेता बराल

नेपालखबर
भदौ १५, २०८२ आइतबार १५:५९, काठमाडौँ

सत्तासाझेदार दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा आपूर्ति तथा उपभोक्ता विभाग प्रमुख गुरु बरालले आम नेपालीको ‘चुलो महँगिएको’ बताएका छन्।

आइतबार पर्साको वीरगञ्जमा विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले उपभोक्ताले स्वस्थ्य वस्तु प्राप्त गर्न नसकेको र अनियन्त्रित मूल्यवृद्धिको मार खेपिरहेको उल्लेख गरे। कांग्रेसले देशमा ठूला परिवर्तन गरेको स्मरण गराउँदै उनले अब पार्टीको ध्यान जनताको चुलोचौको र जनस्वास्थ्यमा केन्द्रित हुनुपर्ने धारणा राखे।

‘कांग्रेसले देशमा ठूला परिवर्तन गर्‍यो, अब कांग्रेसको ध्यान जनताको चुलोचौको, उनीहरूको दिनचर्या र जनस्वास्थ्यमा हुनुपर्छ भन्ने सन्देश स्थापित गर्नुपर्छ,’ बरालले भने।

व्यवसायीहरू पनि आफ्नै पीडामा गुज्रिरहेको भन्दै बरालले यसतर्फ कांग्रेस सहभागी सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए। साथै उनले भारतसँग सीमा जोडिएका नेपाली बजारहरूमा ‘बजार सन्तुलन’को अभाव रहेको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad