राजनीति


जिम्मेवार र दूरदर्शी नेतृत्वकर्ता बन्न पूर्वराष्ट्रपति यादवको आग्रह

जिम्मेवार र दूरदर्शी नेतृत्वकर्ता बन्न पूर्वराष्ट्रपति यादवको आग्रह

नेपालखबर
भदौ २०, २०८२ शुक्रबार १५:४८, काठमाडौँ

पूर्वराष्ट्रपति डा रामवरण यादवले दिगो विकासलाई केवल आर्थिक वा भौतिक दृष्टिले मात्र सीमित नगरी शिक्षा, समाज र प्रविधिसहित सबै क्षेत्रमा समान महत्वका साथ अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

यहाँ आज आयोजित दिगो विकासका लागि अन्तरविषयक अध्ययन विषयक अन्तरराष्ट्रिय गोष्ठिमा पूर्वराष्ट्रपति डा यादवले समाजकल्याण र सामाजिक न्यायमा समर्पित परिवर्तनकारी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै युवालाई जिम्मेवार र दूरदर्शी नेतृत्वकर्ता बन्न आग्रह गरे।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा अच्युत वाग्लेले अन्तरविषयक अध्ययनले विद्यार्थीमा बहुआयामिक सोच, नवप्रवर्तन र समुदायसँग सशक्त सम्बन्ध विकास गर्ने अवसर प्रदान गर्ने बताए। कार्यक्रमका अध्यक्ष बद्रीदेव पाँडेले यस्ता अन्तरराष्ट्रिय सेमिनारले युवालाई परिवर्तनकारी नेतृत्वको बाटोमा अघि बढ्न प्रेरित गर्ने बताए।

नेशनल कलेजका प्रिन्सिपल माधव न्यौपानेले सेमिनारमा दिगो विकासका तीन महत्त्वपूर्ण आयाम–अन्तर विषयक दृष्टिकोण, शैक्षिक–समुदाय सम्बन्ध र दिगोपनका लागि डिजिटलीकरणबारे गहन छलफल भएको जानकारी दिए।

कार्यक्रममा विभिन्न शैक्षिक संस्था, अनुसन्धानकर्ता, विद्यार्थी र समाजसेवीको सहभागिता रहेको थियो। सहभागीबीच दिगो विकास, सामाजिक जिम्मेवारी र भविष्यका चुनौतीबारे छलफल भएको थियो। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad