राजनीति


संसद्‌ भवन परिसरमा प्रदर्शनकारीले लगाए आगो

संसद्‌ भवन परिसरमा प्रदर्शनकारीले लगाए आगो

नेपालखबर
भदौ २३, २०८२ सोमबार १४:६, काठमाडौँ

संघीय संसद् भवनको  मुल गेट (पश्चिम गेट) भित्रै प्रदर्शनकारीले आगो लगाएका छन्।  प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गरेको गोलीबाट एक जनाको मृत्यु भएपछि बानेश्वर चोक थप तनावग्रस्त भएको छ।

सरकारले यस क्षेत्रमा कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शन झन उग्र बन्दै गइरहेको छ। प्रदर्शन उग्र बने सँगै प्रहरीले गोली समेत चलाएको छ।  

संसद् परिसर भित्रबाट प्रहरीले बारम्बार अश्रुग्यास, रबरको गोली, पानीको फोहोरा र इट्टा प्रहार गरेको छ। अहिले प्रदर्शनकारीले संसद् परिसरमा आगो लगाएका छन्।  बानेश्वरकै सिभिल अस्पतालमा १०० बढी घाइतेको उपचार जारी छ। त्यस्तै अन्य अस्पतालमा पनि घाइतेको उपचार जारी छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad