राजनीति


कांग्रेसले भन्यो– राष्ट्रपतिको अगुवाईमा लोकतान्त्रिक प्रक्रियाको पुनःस्थापनाका लागि पहल गर्छौँ

‘नहुनुपर्ने घटना घट्यो, माओवादी द्वन्द्वमा भन्दा धेरै क्षति भयो’
कांग्रेसले भन्यो– राष्ट्रपतिको अगुवाईमा लोकतान्त्रिक प्रक्रियाको पुनःस्थापनाका लागि पहल गर्छौँ

नेपालखबर
भदौ २५, २०८२ बुधबार १६:१३, काठमाडौँ

नेपाली कांग्रेसले जेनजीको प्रदर्शनको क्रममा भएको घटनाप्रति दु:ख व्यक्ति गर्दै नहुनुपर्ने घटना भएको बताएको छ। 

प्रवक्ता डा प्रकाशरण महतले विज्ञप्ति जारी गर्दै देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको बताएका हुन्।  

'देश,जनता र लोकतन्त्र प्रती प्रतिवद्द नवयुवाहरूले अवश्य पनि यस्तो चाहेका थिएनन्। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर छ,' उनले विज्ञप्तिमा भनेका छन्, 'मलगायत धेरैको घर निजी सम्पत्ति, उधोगव्यावसाय, सन्चारगृह लगाएतमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्त दुःखद र निन्दनीय छ। यो एक दिनको क्षति १० वर्षे माओवादीद्वन्दको बेला भन्दा धेरै बढी हो। यसले लगानीको वातावरणलाई पनि बिगारेको छ र क्षतिपुर्ती गर्न वर्षौँ र ठूलो लगानी लाग्ने निश्चित छ। त्यस्तै, पार्टी सभापति शेरबहादुर देउवालगायत अन्य नेतामाथि भएको सांघातिक आक्रमणको घोर निन्दा तथा भर्त्सना गर्दछु।' 

यस्तो छ उनको विज्ञप्ति
हालै नवयुवा पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा हुन नपर्ने दुःखद घटना भएकोप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ।  धेरै युवाहरू र केही सुरक्षाकर्मीहरूले ज्यान गुमाउनुपरेको पीडादायी अवस्था हामी सबैकालागि अत्यन्त दुखदायी छ, मृतकहरूमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दै बिरोध प्रदर्शन क्रममा भएको धनजनको ठुलो क्षति प्रति गम्भीर चिन्ता प्रकट गर्दछु।

हिजो देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक बिरोधको मर्म र मान्यताबाट बाहिर गएको छ। देश,जनता र लोकतन्त्र प्रती प्रतिवद्द नवयुवाहरूले अवश्य पनि यस्तो चाहेका थिएनन। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर छ। म लगायत धेरैको घर निजी सम्पति, उधोगव्यावसाय, सन्चारगृह लगाएतमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्त दुःखद र निन्दनीय छ। यो एक दिनको क्षति १० वर्षे माओवादीद्वन्दको बेलाभन्दा धेरै बढी हो। यस्ले लगानिको बातावरण लाई पनि बिगारेको छ र क्षतिपुर्ती गर्न वर्षौ र ठूलो लगानी लाग्ने निश्चित छ। त्यस्तै, पार्टी सभापति शेरबहादुर देउवा लगायत अन्य नेताहरू माथि भएको सांघातिक आक्रमणको घोर निन्दा तथा भर्त्सना गर्दछु।

देश अहिले राजनीतिक शून्यता र कानुनी अनिश्चिततामा छ। राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्ति–सुरक्षा अमनचयन कायम हुन जरुरी छ। 

प्रिय साथीहरू,
कानुनी शासनको विकल्प छैन, लोकतन्त्रको विकल्प छैन। यस जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथीहरू एकजुट भई आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य छ। लोकतान्त्रिक प्रक्रियाको पुनःस्थापना र संरक्षणका लागि हामी सबै फेरि सक्रिय हुन आवश्यक छ। नेपाली कांग्रेस लोकतन्त्रको लागि सबैभन्दा भरपर्दाे शक्ति हो भन्ने कुनै दुबिधा छैन। पार्टिले अन्य लोकतन्त्र र संविधान प्रती प्रतिवद्द दलहरू संग तत्काल संवाद गर्न आवश्यक छ। त्यसैले शान्ति, सुरक्षा,संबैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनःस्थापनाका लागि राष्ट्रपति ज्युको अगुवाईमा हुने संवाद र पहलमा नेपाली कांग्रेसले सक्रिय पहल गर्न आवश्यक छ। 
जय नेपाल!

डा प्रकाश शरण महत                                                                                                                          प्रवक्ता
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad