आन्दोलनकारी जेनजीले विश्वास गरेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले संसद् विघटनको प्रस्ताव गरिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोबिता गौतमले भने यसमा विरोध जनाएकी छन्।
तर उनी त्यही पार्टीकी हुन्, जसका सबै सांसदले जेनजी आन्दोलनमा दमन गरिएको भन्दै भदौ २४ गते सामूहिक राजीनामा घोषणा गरिसकेका छन्।
गौतमले बुधबार राति भिडिओ सन्देश जारी गर्दै जेनजीसहितको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न सकिने भए पनि संसद् विघटन गर्न नहुने बताएकी हुन्।
‘जनताको सर्वोच्चता कायम राख्ने भनेको नेपालको संसद्ले हो। यो विघटन गर्न पाइँदैन। यो विघटन गर्नु भनेको नेपालको जनताको सर्वोच्चता संकटमा पर्नु हो’, उनले भनेकी छन्।
सोबिता गौतमको भिडिओ सन्देश:
8.1k
Shares

प्रतिक्रिया