नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले देश अन्यौलताको भूमरीमा फसेको भन्दै त्यसको रक्षाका लागि सबै एक भएर जुट्नुपर्ने बताएका छन्।
वर्तमान संकटको निकासका लागि अपिल गर्दै देश ठूलो संकट र अन्यौलताको भूमरीमा फसेको र देशले ठूलो क्षति व्यहोरेको उल्लेख गरेका हुन्।
'अब प्राणभन्दा प्यारो हाम्रो देश बचाऔँ। जेन-जीसुरुङतर्फ़ धकेलिनबाट जोगाऔँ। देशका धरोहर जले पनि, धेरै कुरा सिद्धिए पनि 'चाँदीको घेरा'जस्तै हामीसङ्ग समय बाँकी छ। कुनै पनि खाले अतिवाद जनतालाई स्वीकार्य हुदैन। जनता शान्ति, अमनचयन र समृद्धि चाहन्छन्,' उनले भने, 'तानाशाही सरकार ढलेको छ। तर हामीसङ्ग संविधान छ, अभिभावकिय संस्था, संविधानका संरक्षक राष्ट्रपति र जनताको सार्वभौमिकताको प्रयोग गर्ने प्रतिनिधिमूलक संस्था संसद् छ।
सर्वप्रथम जनताको जिउ धनको सुरक्षा, निजी र सार्वजनिक सम्पत्तिको रक्षा अहिलेको आधारभुत सवालमा ध्यान पूर्याउनु पर्दछ।'
उनले राष्ट्रपतिको नेतृत्व र समन्वयमा राजनीतिकरुपमा संवैधानिक प्रक्रियाबाट वर्तमान समस्याको निकास निकाल्नुपर्ने पनि बताएका छन्।
'सम्माननीय राष्ट्रपतिज्युले तत्काल राष्ट्रका नाममा सम्बोधन गरेर सबैलाई धैर्य रहन, जनताको जीउ धनको रक्षा गर्न र एकताबद्ध भएर सम्बिधानभित्रबाट समस्याको निकास निकाल्न अपिल गर्नु पर्दछ' उनले भने।
यस्तो छ उनको अपिल
यो संकटबाट उठ्न सम्पूर्ण आग्रह पूर्वाग्रह त्यागेर राष्ट्रिय एकता कायम गर्न र राष्ट्र निर्माणको संकल्प गर्न जरुरी छ। जेनजी आन्दोलनकारी लागायत सबै मिलेर वर्तमान समस्या समाधान गरि राष्ट्र, राष्ट्रियता, संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु यतिबेला मुलुकवासीको कर्तव्य बनेको छ।
तानाशाही सरकार ढलेको छ। तर हामीसङ्ग संविधान छ, अभिभावकिय संस्था, संविधानका संरक्षक राष्ट्रपति र जनताको सार्वभौमिकताको प्रयोग गर्ने प्रतिनिधिमूलक संस्था संसद छ। सर्वप्रथम जनताको जिउ धनको सुरक्षा, निजी र सार्वजनिक सम्पत्तिको रक्षा अहिलेको आधारभुत सवालमा ध्यान पूर्याउनु पर्दछ।
जति अबेर गर्यो त्यति बिभिन्न स्वार्थ समूहहरूको षड्यन्त्र र चलखेल बढ्नेछ। अब ढिलो नगरी राष्ट्रपतिको नेतृत्व र समन्वयमा राजनितिकरुपमा सम्बैधानिक प्रक्रियाबाट वर्तमान समस्याको निकास निकालिनु पर्दछ। सम्माननीय राष्ट्रपतिज्युले तत्काल राष्ट्रका नाममा सम्बोधन गरेर सबैलाई धैर्य रहन, जनताको जिउ धनको रक्षा गर्न र एकतावद्ध भएर सम्बिधानभित्रबाट समस्याको निकास निकाल्न अपिल गर्नु पर्दछ।
# जेनजी आन्दोलनका माग र सवाल सम्बोधन
भाद्र २३ र २४ गते हत्या गरिएका सम्पूर्ण व्यक्तिहरूलाई शहिद घोषणा गर्ने।
सम्पूर्ण घाइतेहरूको निशुल्क उपचारको व्यवस्था गर्ने।
आन्दोलनका क्रममा थुनिएका आन्दोलनकारीहरूलाई रिहाई गर्ने।
सामाजिक सन्जाल खुलिसकेको अवस्थामा अभिव्यक्ति स्वतन्त्रता मैत्री कानुन बनाउने प्रतिबद्धता गर्ने।
जेनजी आन्दोलनका मुद्धाहरू समेटेर सम्बिधान संशोधनको प्रतिवद्धता गर्ने।
भाद्र २३ र २४ गते घटेका घटनाको निष्पक्ष छानवीन गर्न उच्चस्तरीय आयोग गठन गर्ने र अपराधिहरूलाई कडा कार्वाही गर्ने।
भ्रष्टाचारीलाई कडा कार्वाही गर्ने र जनतालाई सुशासनको प्रत्याभूति दिने।
# तार्किक राजनीतिक निकास
अहिलेको समस्याको संवैधानिक र शान्तिपूर्ण निकास निकाल्ने।
राष्ट्रपतिज्युको संयोजनमा तत्काल जेनजी आन्दोलनकारी लगायत सर्वपक्षीय वार्ता र छलफल अघि बढाउने।
संसदिय प्रक्रिया सुचारु र विधिको शासन कायम गरेर संवैधानिक राजनैतिक शून्यता अन्त गर्ने।
सम्बैधानिक प्रक्रियाबाट जेनजी आन्दोलनकारीहरू सम्मिलित सर्वपक्षीय सरकार गठन गर्ने।
Shares

प्रतिक्रिया