नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संसद् विघटनसँगै राजनीतिक पार्टीहरू पनि विघटनको दिशामा पुगेको बताएका छन्।
त्यसैले गम्भीर आत्मसमीक्षासहित दल पुर्गठनको महाभियान सुरु गर्नुपर्ने सुझाव शर्माले दिएका छन्।
उनले शनिबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘संसद् विघटनसँगै पुराना र नयाँ भनिएका पार्टीहरू पनि विघटनको दिशामा पुगेका छन्। अब आन्दोलनको म्यान्डेट र जनअपेक्षाअनुसार ‘गम्भीर आत्मसमीक्षा’सहित पुनर्गठन र पुनर्संरचनाको महाअभियान सुरु गरौँ।’
जेनजी आन्दोलनले केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरेका छन् भने नवगठित मन्त्रिपरिषद्को सिफारिसबमोजिम प्रतिनिधि सभा पनि विघटन गरिसकेका छन्।
प्रमुख राजनीतिक दलले यसलाई असंवैधानिक भन्दै विरोध गरिरहेका छन्। तर नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने यो दोस्रो राम्रो विकल्प भनेका छन्।
Shares

प्रतिक्रिया