राजनीति


प्रधानमन्त्री कार्कीको अध्यक्षतामा बस्यो केन्द्रीय सुरक्षा समितिको बैठक

प्रधानमन्त्री कार्कीको अध्यक्षतामा बस्यो केन्द्रीय सुरक्षा समितिको बैठक

नेपालखबर
भदौ २९, २०८२ आइतबार १८:५४, काठमाडौँ

गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेकी प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि सकिएको छ। 

प्रधानमन्त्री कार्की नियुक्त भएपछि पहिलोपल्ट यस समितिको बैठक बसेको हो।

बैठकमा गृह सचिव, रक्षा सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखका साथै नेपाली सेनाका उच्च अधिकारीहरूको पनि उपस्थिति थियो।

बैठकमा प्रधानमन्त्री कार्कीले सुरक्षाको पछिल्लो अवस्थाबारे जानकारी लिँदै प्रभावकारी सुरक्षा व्यवस्थाका लागि केही महत्त्वपूर्ण निर्देशन पनि दिएको बैठकमा सहभागी एक अधिकारीले नेपालखबरसँग बताए। 

कार्की जेनजी आन्दोलनको बलमा शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी हुन्। उनले आज मात्र सिंहदरबार गएर पदभार ग्रहण गरेकी हुन्।

केन्द्रीय सुरक्षा समितिको अध्यक्षता गृहमन्त्रीले गर्छन्। मन्त्रिपरिषद्ले पूर्णता नपाइसकेका कारण प्रधानमन्त्रीले नै गृहमन्त्रीको हैसियतमा बैठकको अध्यक्षता गरेकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad