राजनीति


पार्टी पुनर्गठनका लागि महामन्त्री पद छोड्न तयार छु: गगन थापा

पार्टी पुनर्गठनका लागि महामन्त्री पद छोड्न तयार छु: गगन थापा

नेपालखबर
भदौ ३०, २०८२ सोमबार १९:४६, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी पुनर्गठनका लागि पद छोड्न आफू तयार रहेको बताएका छन्।  

जेनजी आन्दोलनका कारण राजनीतिक अवस्था चुनौतीपूर्ण भएको उल्लेख गर्दै पार्टी पुनर्गठन आजको आवश्यकता भएको बताएका हुन्।  

'पार्टी पुनर्गठन आजको अनिवार्य आवश्यकता हो। संविधान दिवस कै दिनदेखि संकल्पसहित पुनर्गठन अभियान सुरु गरौँ,' उनले भनेका छन्, 'जेन-जी आन्दोलनले उठाएको भ्रष्टाचारमुक्त राज्य र समाजको नेतृत्व गर्ने पार्टी बनाउने गरी पार्टीको सदस्यता, संगठन संरचना, नेतृत्वचयन प्रक्रियादेखि हाम्रा मुद्दा र शैली सबैमा आमूल सुधार जरूरी छ। हामीले अहिले जे र जसरी गरिरहेका छौं त्यसैको निरन्तरताले मात्र पार्टीको पुनर्निर्माण आरम्भ हुँदैन।'

पार्टी आमूल सुधारका लागि पदीय जिम्मेवारी छोड्न तयार हुनुपर्ने र त्यसका लागि आफू तयार रहेको उनको भनाइ छ।

'पार्टीमा आमूल सुधारका लागि हामीले आफ्नो पदीय जिम्मेवारी छोडेर पनि तयार हुनुपर्छ, नयाँ जोखिम उठाउनका निम्ति तयार रहनुपर्छ,' उनले भने, 'यसको लागि म सहर्ष महामन्त्री पद छोड्न तयार छु। यसमा छलफल सुरू गरौं। स्वीकार गरौं-गल्ती भएको छ अनि आत्मसमीक्षा, आत्ममुल्याङ्कन र आत्मसंकल्प गरौं।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad