नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सहिदहरूको सम्झनामा दिप प्रज्ज्वलन गरेको छ।
संविधान दिवसको अवसरमा काठमाडौंको वाल्मीकि विद्या पिठमा दिप प्रज्वलन गरिएको अनेरास्ववियूका उपाध्यक्ष अशोक थापाले जानकारी दिए।
त्यसक्रममा नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य जीवन राईले हामी सबैले संविधानको मर्म र भावना अनुसार काम गर्नुपर्ने भन्दै नयाँ पुस्तालाई पनि यो संविधानको महत्त्वबारे बुझाउनुपर्ने बताए।
कार्यक्रममा जेनजी पुस्ताको आन्दोलनको भावनाअनुसार देश अगाडि बढ्नुपर्ने बताइएको थियो।
60
Shares

प्रतिक्रिया