राजनीति


यी हुन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय

नेपालखबर
असोज ६, २०८२ सोमबार ७:४, काठमाडौँ

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ९ निर्णय गरेको छ। 

सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटना छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्नेलगायत निर्णय गरेको हो। 

यी हुन् बुँदागत रूपमा मन्त्रिपरिषद्‌का ९ निर्णय:

-जेन-जी आन्दोलनमा भएका घटना छानबिन गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन

-राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा टेकेन्द्र कार्की नियुक्त ।

-नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त 

-सीआईबीको प्रमुखमा एआईजी डा. मनोज केसीको सरुवा।

-आन्दोलनमा भएको क्षतिको मूल्यांकन गर्न समिति गठन र पुनर्निर्माण कोष गठन गर्ने।

-आन्दोलनमा तोडफोड र आगजनी गरिएका सवारीसाधन र औजार लिलाम गर्ने।

-तीन करोडभन्दा कम लागतका योजना अघि नबढाउने।

-जेन-जी आन्दोलन प्रभावितलाई छुट तथा सहुलियतको व्यवस्था।

-सरकारी खर्चमा व्यापक कटौती गर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad