कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले पदभार ग्रहण गरेका छन्।
शीतल निवासमा सोमबार शपथ ग्रहण गरेर सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै उनले दुग्ध र उखु किसानका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
‘मैले कृषि मन्त्रालयका सचिवज्यूहरुसँग पनि सल्लाह गरेर मन्त्रालयको कार्यभार कसरी पूरा गर्ने भन्नेकुरामा धयान जान्छ,’ परियारले भने, ‘किसानका समस्या समाधान गर्ने कुरा मेरो प्राथमिकतामा हुन्छ।’
मल आयातमा हुने अवरोधलाई अध्ययन गरेर समस्या समाधान गर्ने आफ्नो प्रयास रहने उनको भनाइ छ।
27
Shares

प्रतिक्रिया