कास्की कारागारबाट भागेका कैदीबन्दी स्याङ्जाबाट पक्राउ परेका छन्। जेनजी आन्दोलनको क्रममा भदौ २४ गते कास्की कारागार कार्यालयबाट भागेका स्याङ्जाको भीरकोट नगरपालिका-३ का कैदी यमबहादुर रोका आफ्नै घरबाट पक्राउ परेका हुन्।
उनलाई जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष अप्रेसन टोलीले आज सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ। उनलाई आवश्यक कारबाहीका लागि जिल्ला कारागार स्याङ्जामा पठाइएको छ।
36
Shares

प्रतिक्रिया