नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले तत्कालीन सरकार प्रमुख एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलक्षित कडा टिप्पणी गरेका छन्।
बाँस्कोटाले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत जेनजी आन्दोलन हुनुमा आफ्नो गल्ती देख्दै नदेखेका तत्कालीन प्रधानमन्त्री ओलीलाई लक्ष्य गरी आक्रोश पोखेका हुन्।
‘सबै ठिकठाक थियो भन्ने ठान्नु एउटा भ्रम थिएन भने कसरी यस्तो भयो त? के त्यो भूकम्प, सुनामी वा टाइफुनजस्तै अचानकको विपत्ति मात्र थियो? राज्य संयन्त्र बेखबर थियो, बेपर्वाह थियो’, बाँस्कोटाले लेखेका छन्, ‘कारणको खोजी, भविष्यको दिशानिर्देश गर्न समीक्षा र सुधारबारे कुरा गर्न मिल्दैन भने वेक-अप कल नै डिलिट हान।’
त्यसो त एमालेका अध्यक्ष ओलीले मात्र होइन, सत्ता साझेदार कांग्रेसलगायत दलका शीर्ष नेताहरूले पनि अहिलेसम्म गल्ती महसुस गरेका छैनन्, पार्टी पुनर्गठनको आवाज स्वीकार गरिरहेका छैनन्।
Shares

प्रतिक्रिया