पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जेनजीदेखि बालेनसम्मलाई मिलेर जानुुपर्ने प्रस्ताव गरेका छन्। नेसपा (नयाँ शक्ति)को अध्यक्ष त्यागेको घोषणा गरेको भोलिपल्ट बिहीबार पत्रकार सम्मेनल गर्दै सबैलाई सहकार्य गर्न आग्रह गरे।
‘नयाँ उदाउनु भएको राजनीतिक चेतसहितका युवा हुनुुहुन्छ,’ उनले भने, ‘तपाईंहरू र हिजोदेखि हामीले नै काम गर्दै आएको नयाँ शक्ति, उज्जल थापाले अगाडि बढाउनु भएको विवेकशील साझा, पछि उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टी, बालेन्द्र शाह, हर्क साम्पाङ लगायत एक ठाउँमा आउने अथवा सहकार्य गर्ने वातावरण तपाईंहरुले नै बनाउनुपर्छ।’
भट्टराईले संघीय लोकतान्त्रिक एजेन्डालाई आधार मानेर मिल्नुुपर्नेमा जोड दिए। ‘सकेसम्म मिल्नेहरूजतिले देशका खास-खास एजेन्डामा केन्द्रित भएर एउटै शक्ति बनाउनुपर्छ,’ उनले भने, ‘ त्यो एजेन्डा भनेको अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रमा टेक्ने। त्यसभन्दा पछाडि फर्कने होइन।’
एउटै पार्टी बनाउन नसकिए मोर्चाबन्दी गर्न सकिने समेत भट्टराईको भनाइ छ। ‘एक ठाउँमा आउन सकिन्नँ भने मोर्चाबन्दी गरेर जान सकिन्छ,’ उनले प्रष्ट पारे।
Shares

प्रतिक्रिया