राजनीति


मध्यरातमा गठित जनता समाजवादीकाे निर्वाचन आयोगमा दर्ता प्रक्रिया सुरु

मध्यरातमा गठित जनता समाजवादीकाे निर्वाचन आयोगमा दर्ता प्रक्रिया सुरु

यज्ञराज जोशी
बैशाख ११, २०७७ बिहिबार ५:४२,

गए राती समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकता गरी गठन गरिएको नयाँ दल जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने निवेदन दर्ता भएको छ।

याे सँगै अब नयाँ पार्टीकाे आयोगमा दर्ता प्रक्रिया सुरु भएकाे छ।

एकता गरेको कागजपत्र सो पार्टीका नेता उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ लगायतका नेताले आयोगका अधिकारीलाई बुझाएका थिए।

आयोगको कार्यालय खुल्नासाथ समाजवादी पार्टीका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालय पुगेका हुन्।

थप आवश्यक कागजात लकडाउनपछि बुझाउने गरी पार्टी दर्ता गरिएको नेता महताेले सञ्चारकर्मीलाई जानकारी गराए।

आयोगकाे रेकर्डमा सो पार्टी बिहान ११ बजेर १६ मिनेटमा दर्ता भएकाे र उसकाे दर्ता नम्बर १३८८ रहेकाे जनाइएकाे छ। 

‘दुई दलले एकीकरणको सहमति भएको सहमति पत्र दर्ता गराउनु भएको छ। दलले थप आवश्यक कागजात उपलब्ध गराउँछ, त्यसको जाँचबुझ गरेर ४५ दिनभित्र आयोगले निर्णय गर्नेछ,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेपालखबरलाई बताए।

samajbadi ayog

याे पनि:

मध्यरातमा गठित जनता समाजवादीका नेता पार्टी दर्ता गर्न पुगे आयोग 
नवगठित जनता समाजवादीका नेताले आयोग पुगेर भनेः धन्यवाद प्रधानमन्त्री

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad