राजनीति


ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

नेपालखबर
असोज २०, २०८२ सोमबार १४:४०, काठमाडौँ

हामी नेपाली संस्थाका संयोजक सुदन गुरुङले ‘एरेस्ट केपी ओली, एरेस्ट रमेश लेखक’ एण्ड एरेस्ट मर्डर भन्दै फेसबुक ट्रेन्ड सुरु गरेका छन्। राष्ट्रका लागि गर वा मर अभयिान सुरु  गरेको भन्दै उनले आफ्नो फेसबुकमार्फत ओली र लेखकको तस्बिरसहितको पोस्ट गरेका छन्।  

जेनजी आन्दोलनको क्रममा प्रधानमन्त्री रहेका केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि दमन गरेको, जेनजी प्रदर्शनकारीको हत्या गरेको आरोप जेनजी अभियान्ताहरुले लगाउँदै आएका छन्।  

अहिले जेनजीकै मागअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनेको छ। यो सरकारले भदौ २३ र भदौ २४ गतेको घटनाको छानबिनको लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ। 

यही आयोगलाई दबाब दिन सुदनसहितले ओली र लेखकलाई पक्राउ गर भन्दै ट्रेन्ड सुरु गरेका छन्। कार्की संयोजक रहेको आयोगले ओली र लेखकसहितको राहदानीसमेत रोक्का गर्दै काठमाडौँ उपत्यका छाड्नुपरे पनि अनुमति लिन भनिएको छ।   

सुदनले फेसबुकमार्फत सार्वजनिक गरेको पोस्टरमा उनीहरुलाई तत्काल पक्राउ नगरे पक्राउ गरेर कारबाही गर्न बाध्य पारिने चेतावनी पनि दिइएको छ।   

यसअघि सुदनसहित जेनजीका प्रतिनिधिले बालुवाटार पुगेर पनि यही विषयमा दबाब दिएका थिए। त्यस्तै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पनि बालुवाटर पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई ओली र लेखकसहितलाई पक्राउ गर्न दबाब दिएका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad