बालकुमारी बहुमुखी क्याम्पस नारायणगढका प्रमुख जगदीश्वर खनालको निधन भएको छ। उनको आइतबार साँझ बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
विसं २०५३ देखि बालकुमारी क्याम्पसमा प्राध्यापन गर्दै आएका खनाल नेपाल पब्लिक क्याम्पस सङ्घ चितवनको अध्यक्ष, नवचितवन साकोसका निवर्तमान अध्यक्ष एवं सल्लाहकार, नेपाल रेडक्रस सोसाइटी भरतपुर उपशाखाका पूर्वसभापति एवं सल्लाहकार, खनाल सेवा केन्द्रीय समिति भरतपुरको सदस्य, अरोमा इङ्गलिस स्कुल भरतपुरको संस्थापक सदस्यजस्ता सामाजिक एवं शैक्षिक संस्थामा रहेर काम गरेका थिए।
निडर र प्रस्ट वक्ताका रूपमा रहेका खनालका एक श्रीमती, एक छोरा र एक छोरी छन्। आठ दाजुभाइ र एक दिदीबहिनीमध्ये उनी तेस्रो सन्तान थिए।
विगत केही वर्षदेखि खनाल क्यान्सर रोगसँग लड्दै आएका थिए। उनको आज देवघाटमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ। रासस
Shares

प्रतिक्रिया