समाज


राशिफल २१ असोज : कर्कटको लोकप्रियता बढ्ने, शुभचिन्तकको सुझाव नमान्दा सिंहले दुःख पाउने, तपाईँको के?

राशिफल २१ असोज : कर्कटको लोकप्रियता बढ्ने, शुभचिन्तकको सुझाव नमान्दा सिंहले दुःख पाउने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
असोज २१, २०८२ मंगलबार ४:४२, काठमाडौँ

आज मङ्‌गलबार, २१ असोज २०८२ (७ अक्टोबर २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: भनेको कुराको विपरीत अर्थ लाग्न सक्छ। घरायसी झमेलामा परिएला। भाग्यशक्ति कमजोर भएको अनुभूति हुनेछ। नियमित खर्च बढ्नेछ। साँझमा सामाजिक कार्यमा सफलता मिल्नेछ। आजको मन्त्र- अलग हुनु विशेष हुनु हो।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्‌क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृष: रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। वाक्चातुर्यले सङ्कल्पसिद्ध हुनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका समय श्रेष्ठ छ। साँझमा व्यस्तता बढ्न सक्छ। स्वास्थ्यप्रति सजगता अपनाउनु होला।

भाग्यशाली रङ पर्पल र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्‌क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

मिथुन: स्थान परिवर्तनको विशेष योग देखिन्छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। साँझमा अनावश्यक ठाउँमा धन खर्च हुन सक्छ। खानपान र स्वास्थ्यप्रति सजग रहनु होला। आजको मन्त्र- धैर्य नै सबैभन्दा दृढ सफलता हो।

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्‌क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

कर्कट: सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। स्वादिष्ट भोजन पाइनेछ। पर्यटनको क्षेत्रबाट लाभ लिन सकिनेछ। परोपकारजन्य कार्यमा लगाव बढ्नेछ। लोकप्रियता बढ्नेछ। नयाँ कामको योजना बन्ने देखिन्छ।

भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्‌क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

सिंह: शुभचिन्तकको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। मनमा दुबिधा उत्पन्न हुनेछ। मानसिक चिन्ता बढ्नेछ। आत्मबल बढाएर काम गरेमा सफल हुन सकिन्छ। व्यक्तिगत स्वास्थ्य र यात्राप्रति सतर्क रहनु होला।

भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्‌क ५० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।

कन्या: नयाँ र शुभ समाचार सुन्न पाइएला। आँटे-ताकेको कार्यमा ढिलाइ भए पनि पूरा हुनेछ। साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला। रोकिएका काम अघि बढ्नेछन्। प्रेम सम्बन्धको कोपिला फक्रनेछ।

भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्‌क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

तुला: रोकिएका काम पुनः सुरु हुन सक्छन्। घुमघाममा दिन बित्नेछ। धार्मिक, सामाजिक र अरूको हित हुने काममा समय व्यतीत हुन सक्छ। मित्र र विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। आफन्तको सहयोग पाइनेछ।

भाग्यशाली रङ निलो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्‌क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक: बोली बिक्ने समय छ। कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ। मनोरञ्जनमा सहभागी भइएला। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। आजको मन्त्र- भिन्नता नै भविष्यको गोरेटो हो।

भाग्यशाली रङ सेतो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्‌क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

धनु: दिन मध्यम खालकै रहनेछ। आँटेको कार्यमा बाधा आउन सक्छ। केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ। साँझमा आर्थिक कारोबारमा सफलता मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्‌क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।

मकर: नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ र चिताएको कामले तीव्रता लिनेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। नियमित खर्च बढ्ने योग रहेकाले सचेत रहनु होला।

भाग्यशाली रङ खैरो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्‌क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कुम्भ: दिन भाग्यशाली भएर देखा पर्नेछ। शुभ समाचार सुन्न पाइनेछ। शुभ कार्यको चर्चा पनि चल्नेछ। नसोचेको ठाउँबाट धनागम होला। धार्मिक कार्यमा मन लगाउँदा राम्रो हुनेछ। आजको मन्त्र- विवेक नै सफलताको सबैभन्दा विश्वसनीय साथी हो।

भाग्यशाली रङ सेतो र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्‌क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

मीन: लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ। परीक्षा र प्रतिस्पर्धामा सफलता मिल्नेछ। मित्रसँग भेटघाट हुनेछ। घुमफिरमा आकर्षण बढ्नेछ।

भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्‌क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad