नेपाली कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठक सुरू भएको छ।
जेनजी विद्रोहका कारण २४ भदौमा जलेर खण्डहर बनेको केन्द्रीय कार्यालय सानेपामा बैठक सुरू भएको हो।
पार्टी उपसभापति पूर्ण बहादुर खड्काको संयोजकत्वमा बैठक सुरू भएको हो। यस बैठकलाई २६ असोजबाट सुरू हुने केन्द्रीय कार्यसमिति बैठकको एजेन्डासहित अन्य तयारीको रूपमा लिइएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।
आजको बैठक सभापति शेरबहादुर देउवाले डाके पनि आजको बैठकमा उनी आएका छैनन्। उनी जेनजीको भदौ २४ गते आन्दोलनपछि कहाँ छन् भन्ने सार्वजनिक भएका छैनन्। केही नेताहरुले भने उनको परिवार ललितपुरमा एक घर भाडामा लिएर बसिरहेको भन्ने खुुलाएका छन्।
417
Shares

प्रतिक्रिया