राजनीति


एमाले सचिवालय बैठक- अहिले उठेका प्रश्नको जवाफ महाधिवेशनबाटै खोज्ने

एमाले सचिवालय बैठक- अहिले उठेका प्रश्नको जवाफ महाधिवेशनबाटै खोज्ने

नेपालखबर
असोज २४, २०८२ शुक्रबार १८:३७, काठमाडौँ

नेकपा एमालेले पार्टी र नेतृत्वबारे अहिले उठेका प्रश्नको जवाफ महाधिवेशनबाटै दिने गरी अघि बढ्ने निचोड निकालेको छ। 

शुक्रबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकमा छिटै महाधिवेशन गरेर त्यहीबाट समाधान खोज्ने कुरा उठेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

‘पार्टीले छिटै महाधिवेशन गरेर अहिले उठेका सबै प्रश्नको जवाफ महाधिवेशनबाटै खोज्नुपर्छ, छिटै महाधिवेशन गर्नुपर्छ भन्ने कुरा भएको छ,’ ज्ञवालीले भने, ‘भोलि हामीले त्यसको एउटा प्रस्ताव पनि तयार गर्छौं होला।’

अहिले विभिन्न विचार आएको भए पनि बैठकबाट एउटै निष्कर्षमा पुग्ने समेत उनले बताए। ‘भोलि हामी निर्णय गर्दा एउटै निष्कर्षमा पुग्छौँ,’ ज्ञवालीले भने, ‘छलफलका बेलामा विभिन्नले विभिन्न विचार पोख्नु स्वभाविक हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad