राजनीति


चुनावबारे एमालेका २ चिन्ता

चुनावबारे एमालेका २ चिन्ता

नेपालखबर
असोज २४, २०८२ शुक्रबार १८:५३, काठमाडौँ

नेकपा एमालेले आगामी फागुन २१ गते तोकिएको चुनावबारे आशंका व्यक्त गरेको छ।

शुक्रबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले चुनावबारे एमालेका २ चिन्ता रहेको उल्लेख गरे। 

उनका अनुसार पहिलो चिन्ता चुनाव तोकिएकै समयमा हुन्छ कि हुँदैन भन्ने छ भने दोस्रो चाहिँ निष्पक्ष हुन्छ कि हुँदैन भन्ने रहेको छ। 

‘हामीलाई दुईटा कुरामा चिन्ता छ,’ ज्ञवालीले भने, ‘एकातिर तोकिएको समयमा निर्वाचन नहुने। त्यो निर्वाचन निर्वाचन जस्तो नहुने। एउटा राजनीतिक नाटक त मञ्चन गर्न सकिन्छ। २०६२ मा पनि तत्कालीन राजा ज्ञानेन्द्रले त्यस्तै निर्वाचनको नाटक गर्नु भएको थियो।’

उनले सरकार चुनाव गराउने भन्दा पनि राजनीतिक अस्वस्थता बढाउनेतर्फ लागेको समेत आरोप लगाए।

‘सरकार चुनाव गराउने भन्दा राजनीतिक अस्वस्थता बढाउने बाटोमा लाग्यो,’ ज्ञवालीको भनाइ छ, ‘हामी भोलि एउटा निष्कर्षमा आउँछौँ। हामीले भनेका सर्तहरू साँच्चै नै भयरहित, निष्पक्ष वातावरणमा निर्वाचन हुने स्थिति हुँदा, त्यो निर्वाचन निर्वाचन जस्तो हुँदा कुनै पनि लोकतान्त्रिक शक्तिहरु निर्वाचनबाट पन्छिदैन।’

तर, त्यसमा आफूहरुको गम्भीर आशंका रहेको उल्लेख  गर्दै उनले भने, ‘तर, हामीलाई गम्भीर आशंका छ। जे घटनाक्रम भए, निर्वाचन गरेर लोकतन्त्रलाई पुर्नस्थापित गर्ने उदेश्यले भएका होइनन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad