राजनीति


मोटरसाइकल र्‍याली गर्न दिन युवा संघले दियो आइतबारसम्मको अल्टिमेटम

मोटरसाइकल र्‍याली गर्न दिन युवा संघले दियो आइतबारसम्मको अल्टिमेटम

नेपालखबर
असोज २४, २०८२ शुक्रबार १९:९, काठमाडौँ

नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघले आफूहरुलाई आइतबारसम्म मोटरसाइकल र्‍याली निकाल्ने अनुमति दिन सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ। 

शनिबार काठमाडौँमा आयोजना गर्ने भनिएको र्‍यालीमा सरकारले रोक लगाएपछि अध्यक्ष क्षितिज थेबेले पत्रकार सम्मेलन गरेर सरकारको निर्णयप्रति आपत्ति जनाएका हुन्। 

‘आइतबार हामीलाई शान्तिपूर्ण बाइक र्‍याली गर्न दिइएन भने, सरकारले हाम्रो विधिको शासन मान्ने र स्वीकार गर्ने कुरालाई कमजोर मान्ने हो भने हामी सडकमा ओर्लिएर सरकारको विरुद्धमा लाग्ने हो भने चुड्कीको भर पनि रोक्ने सक्दैन यो सरकारले,’ उनले भने।

शान्तिपूर्ण प्रदर्शन गर्ने विषय लोकतन्त्रमा नागरिकको मौलिक हक भए पनि त्यसलाई बञ्चित गर्दै सरकार अधिनायकवादतर्फ अगाडि बढेको थेबेको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad