राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासभित्र प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्री र जेनजी प्रतिनिधिहरूबीच छलफल जारी रहँदा बाहिर भने नाराबाजी भइरहेको छ।
वार्ताका लागि सुदन गुरुङको टोलीमात्र शीतल निवासभित्र पस्दा भित्र जान नपाएका जेनजी युवाहरूले बाहिर नाराबाजी गरेका हुन्।
भदौ २३ र २४ गतेको भएको जेनजी आन्दोलनको खास नेतृत्वकर्ता नहुँदा नेतृत्व दाबीका लागि युवाहरूबीच विवाद छ।
ककसलाई जेनजीका प्रतिनिधि मान्ने भन्ने अन्योल हुँदा सरकार पनि अप्ठेरोमा परेको छ। यद्यपि आन्दोलनयताका हरेक वार्तामा सुदन गुरुङ अगाडि सरिरहेका छन्।
शीतल निवासमा जारी छलफलमा जेनजीका तर्फबाट २० जनाभन्दा बढी सहभागी रहेको बताइएको छ।
शुक्रबार सर्वदलीय बैठक राखेका राष्ट्रपति पौडेलले लगत्तै भोलिपल्ट सरकार र जेनजीका प्रतिनिधिसँग छलफल गरेका हुन्।
Shares

प्रतिक्रिया