राजनीति


कांग्रेस निर्वाचनको तयारीमा लाग्छ: घिमिरे

कांग्रेस निर्वाचनको तयारीमा लाग्छ: घिमिरे

नेपालखबर
असोज २९, २०८२ बुधबार १२:९, काठमाडौँ

नेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेले पार्टी निर्वाचनको तयारीमा लाग्ने बताएका छन्।  

सभामुख देवराज घिमिरेले प्रतिनिधि विघटनको विषयमा दलहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्।  

उनले निर्वाचनमा जानबाट कांग्रेसपछि नहट्ने बताए। लोकतान्त्रिक पार्टी भएकाले वर्तमान परिस्थितिमा निर्वाचनबाट भाग्ने कुरा नहुने जानकारी दिए। 

‘अहिलेको परिस्थितिमा सभामुखको दायित्व र आगामी कदम कसरी अघि बढाउने भन्नेबोमा सुझाव लिनुभयो। आफ्ना दलका धारणा राख्ने अवसर दिनुभयो। वर्तमान सरकार र संसद विघटन असंवैधानिक कदम भनेका छौँ,' उनले भने, 'दशैँअघि नै पार्टीको कार्य सम्पादन समितिको बैठकबाट यो असंवैधानिक कदम भएको भनिसकेका छौँ। लोकतान्त्रिक पार्टी भएको नाताले निर्वाचनबाट पछि हट्दैनौँ। सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्छौं। हामी निर्वाचनमा जानबाट पछि हट्दैनौँ। हामी निर्वाचनमा जान तयार छौँ। निर्वाचनको तयारीमा पार्टी लाग्छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad