राजनीति


नेपो बेबी भनेर कलिलो मनमाथि भयानक आक्रमण भएको छ : ओली

नेपो बेबी भनेर कलिलो मनमाथि भयानक आक्रमण भएको छ : ओली

नेपालखबर
कात्तिक १, २०८२ शनिबार १५:१५, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका बेला नेपो बेबी भनेर नेता र व्यवसायीका छोराछोरीमाथि आक्रमण भएको बताएका छन्। 

शनिबार एमालेले च्यासलमा आयोजना गरेको चियापान कार्यक्रममा उनले त्यसले कलिला मनमाथि असर गरेको समेत उल्लेख गरे।

‘यो सम्भय समाज हो कि असभ्यहरूको भिड हो?,’ ओलीले भने, ‘एउटाको प्रश्न होइन। नेपो बेबी भनेर कलिलो मनमाथि भयानक आक्रमण भएको छ। राम्रोसँग पढ्दैन। विद्यालय जान छोड्छ मलाई नेपो बेबी भनेर पिट्छन कि भनेर।’

पूर्व मिस नेपाल शृखला खतिवडातर्फ लक्षित गर्दै उनी कुनै धनी बाउ-आमाकी छोरी नभएको उनले बताए।

‘माया गरेर हुर्काए, नेपो बेबी। एउटी राम्रै अनुहार लिएर, राम्रै पढेकी, कुनै अमिर बाबु आमाकी छोरी होइनन्,’ ओलीले भने, ‘उनका लागि अप्रत्यासित भयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad