नेकपा (माओवादी केन्द्) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पद छोड्न तयार रहेको बताएका छन्।
अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा उनले अध्यक्ष पद आफ्नो लागि समान्य भइसकेको दाबी गरे।
‘कतिपय मानिसहरुले भन्ने गर्छन्, पार्टी अध्यक्ष छोड्,’ प्रचण्डले भने, ‘म पार्टी अध्यक्ष मात्रै होइन। के बलिदान गर्न पर्छ म गर्न तयार छु। आजै म तपाईहरुको अगाडी घोषणा गर्न चाहन्छु- देश बच्न पर्यो। हामीलाई अध्यक्ष, पद, कार्यकारी यो धेरै सानो कुरा भइसक्यो। मैले यिनैकुरा विचार गरेर नै केन्द्रीय समितिलाई आयोजक समितिमा, अध्यक्षलाई संयोजकमा अधिवेशनसम्म जाँदा जे परिवर्तन गर्नुपर्छ, जस्तोसुकै त्याग गर्न म तयार छु, मैले भनिराखेको छु। म सबैलाई पनि राष्ट्रको निम्ति त्याग, देशको निम्ति त्याग गर्न तयार रहन पनि म सबैसंग अपिल गर्दछु।’
उनले पार्टी कार्यकर्ताहरुलाई विचलिन नहुन पनि आग्रह गरे।
Shares

प्रतिक्रिया