नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले सरकारले जेनजी आन्दोलनलाई अत्मसाथ गरेर निर्वाचनमा भाग लिन तयार भएको पार्टीलाई नै तर्साउन खोजेको आरोप लगाएका छन्।
अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार पेरिसडाँडामा आयोजना गरेको चियापान कार्यक्रममा उनले भदौ २३ गतेको जेनजी आन्दोलनमा हत्या गर्ने, सत्तामा हालिमुहाली गर्ने विचौलियाहरुलाई कारबाही गर्न नसकेको आरोप लगाए।
‘हामी निर्वाचनमा जान्छौँ, जनमतमा जान्छौँ, एजेण्डासहित जान्छौँ,’ पुनले भने, ‘हामी जेनजीका बलिदानलाई सार्थक बनाउनेगरि जान्छौँ। तर यसमा हामीलाई टार्गेट गर्ने, २३ गते त्यत्रा दर्जनौँ नानीहरुको हत्या गर्नेहरुलाई केही नगर्ने, सत्तामा गएर हालीमुहाली गर्ने बिचौलियाहरुलाई केही नगर्ने, अनि गएर प्रचण्ड कमरेडतिर गएर तेर्साउन खोज्ने? हाम्रा कोही नेतातिर तेर्साउन खोज्ने हामी स्वीकार्दैनौँ। यस प्रकारका बेठिक प्रवित्ति हामी स्वीकार्दैनौँ।’
उनले माओवादी शान्ति, लोकतन्त्र र आजको भन्दा प्रगति चाहने पार्टी भएको बताए। उनले माओवादीलाई हेप्न खोज्ने प्रवृत्ति त्याग्न पनि आग्रह गरे।
Shares

प्रतिक्रिया