समाज


सैनिक कल्याणकारी कोषबाट १० लाख लाभान्वित

सैनिक कल्याणकारी कोषबाट १० लाख लाभान्वित

नेपालखबर
कात्तिक १, २०८२ शनिबार १७:४५, काठमाडौँ

नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ खटिएबापत प्राप्त रकमबाट कट्टा गरी स्थापना गरिएको सैनिक कल्याणकारी कोषबाट १० लाखभन्दा बढी हिताधिकारी लाभाविन्त भएको नेपाली सेनाले जनाएको छ।

सेनाले विसं २०३२ मा सैनिक कल्याणकारी कोषको स्थापना गरी संगठनमा कार्यरत सकलदर्जा तथा अवकाश प्राप्त सैनिक र सम्पूर्ण आश्रित परिवारलाई विभिन्न सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ।

गत असार मसान्तसम्ममा कोषको नगद मौज्दात ७९ अर्ब तीन करोड २५ लाख र लगानी ७ अर्ब ७१ करोड ५३ लाख गरी कूल सम्पत्ति  ८६ अर्ब ७४ करोड ७८ लाख रुपैयाँ रहेको सेनाले जनाएको छ।
 
सेनाले कोषबाट आफ्ना हिताधिकारिलाई शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतमा आधारित रही विभिन्न सेवा तथा सुविधा उपलब्ध गराउँदै आइएको युद्धकार्य निर्देशक मनोज थापाले जानकारी दिए।

कल्याणकारी सुविधामध्ये शिक्षातर्फ हाल १२ वटा महाविद्यालय÷विद्यालय, चिकित्सा, पोलिटेक्निक र कृषि गरी ५ वटा प्राविधिक शिक्षालय र २४० वटा विद्यालयमार्फत हिताधिकारीलाई सुविधा प्रदान गरिएको सेनाले जनाएको छ।
 
स्वास्थ्य सेवातर्फ काठमाडौँ उपत्यकामा वीरेन्द्र अस्पताल, उपत्यका बाहिर तीन वटा सैनिक अस्पताल र तीन वटा फिल्ड अस्पतालहरु सञ्चालनमा छन् । जटिल प्रकृतिको रोग लागेका ५३० जना हिताधिकारी स्वास्थ्य सुविधाबाट लाभान्वित भसकेका छन्।
 
आर्थिक वर्ष २०८१÷८२ मा चार लाख ७६ हजार ३४८ जनालाई रु ७६ करोड ४५ लाख ४० हजार ८०७ बराबरको औषधि तथा औषधिजन्य सामग्री वितरण गरिएको सेनाले जनाएको छ। हालसम्म एक हजार ५८४ जनालाई ४० करोड ७५ लाख २० हजार स्वास्थ्य बिमाबापतको सहुलियत रकम प्रदान गरिएको छ।
 
सेनाले सकल दर्जालाई आवास कर्जा, महत्वपूर्ण घडेरी कर्जा, परिवार आवास, सुपथ मूल्य क्यान्टिन, लघुवित्त कर्जा र सवारी कर्जा उपलब्ध गराउँदै आएको छ।
 
हाल १० वटा मिसनमा ५३८ महिला सैनिकसहित कूल पाँच हजार ८२० जना शान्ति सैनिक तैनाथ रहेका निर्देशक थापाले जानकारी दिए। विश्व शान्ति स्थापनार्थ खटिइएका ७४ सैनिकहरुले जीवनोत्सर्ग गरेका छन्। 

हाल नेपाली सेना शान्ति स्थापना कार्यका लागि फौज खटाउने राष्ट्रहरुको सूचीमा पहिलो स्थानमा रहेको छ भने महिला सैनिकको सहभागितामा अग्रस्थानमा रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad