सरकारी तहबाट कामका लागि इजरायल जानका लागि लिइँने भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ। इजरायल रोजगार अन्तर्गत अंग्रेजी भाषा परीक्षा स्थगित भएको हो।
अंग्रेजी भाषा परीक्षा लिने जिम्मेवारी त्रिपुरेश्वरस्थित सीआईआईएन इन्टरनेशनल क्वालिफिकेसन्सले पाएको छ। उसले एक सूचना जारी गर्दै ‘नयाँ मिति तथा समयबारे अर्को सूचना जानकारी नगराएसम्म’का लागि परीक्षा स्थगित गरेको हो।
परीषा व्यवस्थापनका विषयमा परीक्षार्थीले गम्भीर प्रश्न उठाउँदै असन्तोष जनाउँदै आएका थिए। पटक–पटक गुनासो गरे पनि सीआईआईएनले सुधार नगरेपछि मंगलबार परीक्षार्थीले विरोधमा उत्रिएका थिए। झडप समेत भएको थियो।
भिडभाड र हल्लाका कारण परीक्षा दिन गाह्रो परेको, इन्टरनेट स्पिड राम्रो नहुँदा सर्भर सुस्त भई अनलाइन सिस्टममा सबमिट नभएको गुनासो परीक्षार्थीले राख्दै आएका थिए।
परीक्षा लिने कम्पनीले ‘अप्रत्यासित परिस्थिति’ सिर्जना भएको भनेको छ।
अंग्रेजी भाषा परीक्षाका लागि प्रतिपरीक्षार्थी ५ हजार रुपैयाँ लिने गर्छ। परीक्षाका लागि आवश्यक कम्प्युटर, हेडसेट र अन्य उपकरण कम्पनीले उपलब्ध नगराएको परीक्षार्थीको भनाई छ।

Shares

प्रतिक्रिया