राजनीति


बानेश्वर वृत्तमा आगजनी गरेर प्रहरीलाई खोलैखोला लखेट्ने एक जना पक्राउ

बानेश्वर वृत्तमा आगजनी गरेर प्रहरीलाई खोलैखोला लखेट्ने एक जना पक्राउ

नेपालखबर
कात्तिक २, २०८२ आइतबार १८:३६, काठमाडौँ

प्रहरी वृत्त नयाँ बानेश्वरमा आगजनी गरेर प्रहरीलाई ढुंगामुडा गर्दै खोलैखोला लखेट्ने एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रहरीमा आक्रमण गर्ने गौतम घिसिङलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका १ घर भई हाल काठमाडौँ महानगरपालिका ३२ बस्ने गौतम घिसिङ छन्।  उनीविरुद्ध यसअघि ०७९ असोज ४ गते र माघ १० गते प्रहरी वृत्त गौशालाबाट बैंकिङ कसुरमा मुद्दा दर्ता भएको पाइएको छ।  उनी यो मुद्दामा फरार रहँदै आएका थिए।  

उनीविरुद्ध ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवको कसुरमा ८ दिन म्याद लिएर अनुसन्धान अगाडी बढाएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए। 

उनीसहितको ठूलो समूहले बानेश्वर वृत्तका प्रहरीलाई बर्दी खोल्न लगाइ हतियारसमेत लुटेर बागमतीको खोलैखोला लखेटेका थिए। खोलैखोला भागेका प्रहरीलाई पनि दुवै किनारबाट ढुंगा प्रहार गरिएको थियो। उनले प्रहरीको बर्दी र हतियार प्रदर्शन गरिरहेको भिडिओ फेला परेको छ। 

ढुंगाले लागेर रगताम्य भएका प्रहरीलाई पनि भीडले छाडेको थिएन। हतियार र बर्दी समेत बुझाइसकेका प्रहरीले जतिबिन्ती गर्दा पनि निर्धात आक्रमण रोकिएको थिएन। 

यस्तो कार्यमा संलग्नको भिडिओबाट पहिचान गरेर प्रहरीले खोजीकार्य तीव्र बनाएको छ। जेनजी आन्दोलनका क्रममा अन्य घटनामा संलग्नमाथि कारबाही गर्न सक्रीय नभए पनि हतियार लुट्ने र प्रहरीमाथी आक्रमण गर्नेहरूलाई भने प्रहरीले खोजतलास गरिरहेको छ। 

जेनजी आन्दोलनमा तीन प्रहरी मारिएका थिए। १० कैदी र प्रदर्शनकारीसहित ६३ जनाको ज्यान गएको थियो। ती मध्ये केहीको प्रहरी लागेर र केहीको जेनजी आन्दोलनकारीले जलाउँदा ज्यान गएको हो। 

नेपाली सेनाले भने २२ जना प्रदर्शनकारीको मृत्यु भएको र बाँकी अन्य रहेको रिपोर्ट सार्वजनिक गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad