राजनीति


विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्छ: शिक्षामन्त्री पुन

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्छ: शिक्षामन्त्री पुन

नेपालखबर
कात्तिक ३, २०८२ सोमबार १६:३४, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने पक्षमा देखिएका छन्। मन्त्रालयमा सोमवार पत्रकार सम्मेलन गर्दै उनले विश्वविद्यालयलाई राम्रो बनाउनको लागि राजनीतिकरण निर्मूल पार्नुपर्ने र त्यसको लागि शुरुवातमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाएर गर्नुपर्ने बताए। 

मन्त्री पुनले बोर्ड अफ ट्रष्टी गठन गरेर विश्वविद्यालयको कुलपति छान्ने व्यवस्था गर्न आवश्यक रहेको बताए। त्यसको लागि कानून संशोधन गर्नुपर्ने उनले बताए। तर हाल कानून संशाेधन गर्न नसकिने र अध्यादेश पनि ल्याउन नमिल्ने उनको भनाइ छ। यद्यपि विश्वविद्यालय सुधारको लागि केही मस्यौदाहरू तयार गरिरहेको उनले जानकारी दिए। 

‘विश्वविद्यालयहरूलाई राम्रो बनाउने हो भने राजनीतिकरण हुनुहुँदैन। राजनीतिकरण निर्मूल नै पार्नुपर्छ भन्ने अधिकांश भिसीहरूको सुझाव छ। यसकाे शुरुवात चाहिँ कहाँबाट गर्नुपर्छ भने जुन विश्वविद्यालयहरूको कुलपति छ, त्यो कुलपति अहिलेसम्म प्रधानमन्त्री हुने चलन छ। विश्वविद्यालयको कुलपति प्रधानमन्त्री नरहने र निष्पक्ष तरिकाले एउटा बोर्ड अफ ट्रष्टी गठन गरेर बोर्ड अफ ट्रष्टीले निष्पक्ष रुपमा कुलपतिहरूको चयन गर्ने भन्ने किसिमको एउटा व्यवस्था गर्ने भन्ने कुराहरू छ'‍, मन्त्री पुनले भने, 'त्यसको लागी कानुन नै शंसोधन गर्नुपर्ने हुन्छ, अहिले कानुन शंसोधन गर्न सकिँदैन। अध्यादेश ल्याउन पाइँदैन। त्यही पनि त्यो कार्यक्रमलाई अगाडि बढाउने भन्ने कुरा विश्वविद्यालयमा छ।’ 

मन्त्री पुनले विश्वविद्यालयले परीक्षाफल समयमा नलिकाल्ने गुनासो आएकोले समयमा नै परीक्षाफल निकाल्न निर्देशनन दिएको पनि जानकारी दिए। समयमा नै परीक्षाफल प्रकाशित नगर्ने विश्वविद्यालयको अनुदान रोकिने उनको भनाइ छ। उनले मन्त्रालयले विद्यालयका शिक्षकहरूले तलबभत्ता नपाएको विषयमा छानबिन गर्ने, विद्यालयका प्राध्यानाध्यापक छान्ने प्रक्रिया, पाठ्यक्रम परिमार्जन लगायतका काम अगाडि बढाएको पनि जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad