राजनीति


१५ गतेपछि लकडाउन के होला?

१५ गतेपछि लकडाउन के होला?

नेपालखबर
बैशाख १३, २०७७ शनिबार २:५६,

कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि देशभर लागू भइरहेको लकडाउन वैशाख १५ गतेपछि कस्तो बनाउने भन्ने विषयमा आज (शनिबार) छलफल हुने भएको छ।

चैत ११ देखि लागू लकडाउनको दोस्रोपटक बढाइएको अवधि वैशाख १५ अर्थात् सोमबार सकिँदै छ।

त्यसपछि लकडाउन कस्तो बनाउने भन्ने विषयमा छलफल गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वामा रहेको कोभिड-१९ उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिको बैठक अहिले बिहान ११ बजे बस्ने भएको हो।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनबारे सामान्य छलफल गरे पनि बैठक अध्यादेश फिर्ता लिने विषयमा केन्द्रित रहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले यसको जिम्मा उच्चस्तरीय समितिलाई दिएको स्रोतले जनाएको छ।

‘नेपालमा कोरोना संक्रमणको अवस्था र छिमेकी मुलुकको स्थिति समेत विश्लेषण गरी लकडाउनबारे निर्णय गरिनेछ,’ स्वास्थ्य मन्त्रालयअन्तर्गत योजना विभागका प्रमुख गुणराज लोहनीले नेपालखबरसँग कुरा गर्दै भने, ‘अहिलेका कुरा भने अनुमान मात्र हुनेछन्।’

उच्चस्तरीय समितिले लकडाउनबारे आफ्नो छलफलको निष्कर्षअनुसार सरकारललाई सिफारिस गर्नेछ भने त्यसको निर्णय मन्त्रिपरिषद् बैठकले गर्नेछ।

नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगिसकेको छ भने दिनदिनै जसो थपिने क्रम रहेकाले लकडाउन खुल्ने सम्भावना भने न्यून रहेको सरकारले नै बताइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad