राजनीति


जेनजी सहिदका आफन्तको आरोप– सरकार जेनजीको भावनाअनुरुप चलेको छैन

जेनजी सहिदका आफन्तको आरोप– सरकार जेनजीको भावनाअनुरुप चलेको छैन

जेनजी सहिद योगेन्द्र गौतमका मामा कमल सुवेदी


नेपालखबर
कात्तिक ६, २०८२ बिहिबार १५:२, काठमाडौँ

अन्तरिम सरकार जेनजीका उद्देश्य पूरा गर्न नलागेको जेनजी आन्दोलनका सहिद तथा घाइतेका परिवारहरुले आरोप लगाएका छन्।

बिहीबार काठमाडौंको माईतीघर मण्डलामा दबाबमुलक कार्यक्रम आयोजना गर्दै उनीहरुले यस्तो आरोप लगाएका हुन्। दबाबमुलक कार्यक्रमा माईतीघर पुगेका जेनजी आन्दोलनका सहिद योगेन्द्र गौतमका मामा कमल सुवेदीले देशभरका जेनजीहरू एक ढिक्का भएर लाग्नुपर्छ भनेर घाइते, सहिद परिवार तथा जेनजीहरुको सामूहिक दबाब कार्यक्रम आयोजना गरेको बताए।

‘आज हामीले देशभरका जेनजीहरू एक ढिक्का भएर लाग्नुपर्छ भनेर घाइते, सहिद परिवार तथा जेन जीहरुको सामूहिक दबाब कार्यक्रम आयोजना गरेका हौँ,’ उनले भने, ‘सहिदहरुले जुन लक्ष्यका लागि रगत बगाएका थिए, रगत बगाएको एजेन्डा सरकारले पूरा गर्नतिर लागोस्। अन्य छलफल चलिरहँदा सहिदको सपना तुहिने स्थितिमा पुगेको छ। त्यसस्थितिमा पुग्न दिनु हुँदैन, जेनजी सबै एकढिक्का भएर देश निर्माणमा लाग्नुपर्छ।’

‘यो सरकार जेनजीको भावनाअनुरुप चलेको छैन। सुशासन, भ्रष्टाचार नियन्त्रण भएको छैन। त्यसैले सडकमा आउनुपरेको हो। दोषीमाथि, भ्रष्टाचारीलाई कारबाही होस्। संविधान संशोधन हुनुपर्छ। प्रत्यक्ष कार्यकारीमा जानुपर्छ,’ सुवेदीले थपे।


माईतीघरमा जेनजी युनाइटेडले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको तस्बिर राखेर भाइटीकाको दिन माल्यार्पण गरेका छन्। साथै सरकारलाई जेनजी सहिदको माग पूरा गर्न दबाब दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad