राजनीति


जेनजी आन्दोलन सम्झिँदै विश्वप्रकाशले भने- मनले मानेन, धुलाबारी घरमा तिहारको बत्ती बलेन

जेनजी आन्दोलन सम्झिँदै विश्वप्रकाशले भने- मनले मानेन, धुलाबारी घरमा तिहारको बत्ती बलेन

नेपालखबर
कात्तिक ६, २०८२ बिहिबार २०:३५, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हालै भएको जेनजी आन्दोलनका सम्झँदै यसपटकको तिहारमा आफ्नो घरमा बत्ती नबलेको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा युवाहरूको ज्यान गएको, देश जलिरहँदा जोगाउन हस्तक्षेप गर्न नसकेको पीडाले तिहार मनाउन नसकेको भनेका छन्।  

शर्माले आफ्ना शुभचिन्तकसँग माफी पनि मागेका छन्। 'तपाईंकोमा देउसी खेल्न आउने भनेको यतै हुनुन्छ कि उता? केही मित्रको टेलिफोन जिज्ञासामा भन्ने गरेको छु- यसपालि देउँसीमा घरको आँगनमा स्वागत गर्न सकेनौं, क्षमा पाउँ।' 

विगतका वर्षमा झापास्थित धुलाबारीको घरको आँगनमा देउसी खेलेको सम्झिँदै यसपटक देउसी खेल्न मनले नमानेको बताएका छन्।   

'दशैंको टिका र तिहारको भाइटिका लगाइएन यसपालि। भदौ २३ को प्रदर्शनमा त्यतिका अमूल्य जीवन गुम्न नदिन र २४ गते देश जल्न नदिन सार्थक हस्तक्षेप गर्न नसक्नुको पीडा बोकेर टीका लगाउन सकिएन,' उनले भनेका छन्, 'हरेक बर्ष मेचिनगर धुलाबारीको आँगनमा दुइसय बढी देउसी टिमलाई स्वागत गरिन्थ्यो। लक्ष्मीपूजादेखि भाइटिका सकिएर पनि अझै २ दिनसम्म। बिहान ७‍ बजेदेखी राति २‍ बजेसम्म।'

यसपटक विगतमा झैँ शुभकामना साटासाट गर्न नसकेको भन्दै उनले माफी मागेका छन्।  
'गाउँले साथीभाई, संघसंस्था, व्यक्तिगत भेटघाट, शुभकामना साटासाट बेग्लै रौनक हुन्थ्यो धुलाबारीमा। तर यसपालि मनले त्यो मागेन, मानेन, खोजेन। आगजनीमा परेको धुलाबारीको घरमा यसपालि तिहारको बत्ती बलेन,' उनले भने, 'काठमाडौमा रहेको डेरा पनि आगजनीमा परेपछि, डेराबाट पनि डेरामा सर्नुपर्दा यहाँ पनि देउसीलाई स्वागत गर्न सकिएन। यसबाट पर्न गएको असुविधाप्रती सबै आदरणीय मित्रहरूसँग नम्रतापुर्वक क्षमा चाहन्छु।'

उनले अब सबै बद्लिएर समाज बदल्न र कसैप्रति वैरभाव राख्न पनि सबैलाई आग्रह गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad