राजनीति


प्रचण्डको सचिवालयले भन्यो: अन्य पार्टीसँगको एकताबारे कुनै टुंगो लागेको छैन

प्रचण्डको सचिवालयले भन्यो: अन्य पार्टीसँगको एकताबारे कुनै टुंगो लागेको छैन

नेपालखबर
कात्तिक ७, २०८२ शुक्रबार १९:५५, काठमाडौँ

नेकपा माओवादी केन्द्रले अन्य दलसँग एकताको विषयमा अहिलेसम्म कुनै सहमति नभएको स्पष्ट पारेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले विभिन्न मोर्चा निर्माण तथा सांगठनिक विषयमा छलफल जारी रहे पनि एकताको विषयमा टुंगो नलागेको बताएको हो।  

सचिवालयले अहिले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा पार्टी एकताको विषयमा आएको समाचारमा सत्यता नभएको पनि बताएको छ। 

'नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकले गरेको निर्णय र आवश्यकता बमोजिम समाजवादी मोर्चामा आबद्ध राजनीतिक दल तथा अन्य वामपन्थी एवं प्रगतिशील समूहहरुबीच नेपाली समाजवादी  क्रान्तिका कार्यभार पुरा गर्न एकता तथा संयुक्त मोर्चा निर्माणका लागि वैचारिक तथा सांगठनिक विषयहरुमा घनिभूत छलफल जारी छ,' प्रचण्डको सचिवालयले भनेको छ। 

त्यस्तै विभिन्न समयमा जनताको अगुवाइमा रहेका र बाँकी कार्यभार पूरा गर्न एकता अनिवार्य शर्त भए भएको ठहर गर्दै सचिवालयले विभिन्न पक्षसँग छलफल भइरहेको भने बताएको छ।  
 

'कुनै पनि दलसँग एकता गर्ने लगायतका विषयमा अन्तिम निर्णय र टुंगो लागिसकेको छैन। विभिन्न समयमा नेपाली जनताको अगुवाइमा भएका क्रान्ति र संघर्षहरुलाई रक्षा गर्दै बाँकी कार्यभार पुरा गर्न एकता अनिवार्य शर्त रहेको नेकपा (माओवादी केन्द्र)को ठहर छ,' सचिवालयले थप भनेको छ, 'इतिहासको यही आवश्यकतालाई मनन गर्दै अहिले एकताका लागि विभिन्न पक्षसँग सघन छलफल भइरहे पनि एकताबारे कुनै पनि विषय टुंगो नलागेकाले सामाजिक संजाल तथा केही संचार माध्यममार्फत भएको प्रचारमा सत्यता नरहेको स्पष्ट गर्दछौं।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad