राजनीति


माओवादीसँगको एकताबारे निर्णय लिन एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

माओवादीसँगको एकताबारे निर्णय लिन एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

नेपालखबर
कात्तिक १२, २०८२ बुधबार १३:४, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। 

नेकपा (माओवादी केन्द्र) सँग एकताका लागि औपचारिक निर्णय लिने भनिएको बैठक भर्खरै शुरु भएको हो। काठमाडौँको सुकेधारास्थित एक पार्टी प्यालेसमा शुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालको बैठकको शुरुमा नै बोल्ने छन्। 

बैठकमा पार्टी अध्यक्ष नेपालसहितका संस्थापन पक्षका नेताहरुले माओवादी केन्द्रसँगको पार्टी एकताको लागि औपचारिक निर्णय गर्ने योजनामा रहेका छन् भने सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल पक्षका नेताहरू भने त्यसको विपक्षमा उभिने तयारीमा रहेका छन्। 

सम्मानित नेता खनालले माओवादी केन्द्रसँग पार्टी एकताको कुनै औचित्य नभएको धारणा समेत राख्दै आएका छन्। जेनजी आन्दोलनपछि उत्पन्न मुलुकको राजनीतिक परिस्थितिको गम्भिर विश्लेषणसहित आवश्यक निर्णय लिने पार्टीले जनाएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad