राजनीति


वर्तमान सरकारमार्फत नै निर्वाचन गराउनुको विकल्प छैनः बाबुराम भट्टराई

वर्तमान सरकारमार्फत नै निर्वाचन गराउनुको विकल्प छैनः बाबुराम भट्टराई

नेपालखबर
कात्तिक १४, २०८२ शुक्रबार १५:१, काठमाडौँ

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारमार्फत नै निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वपक्षीय सरकारको प्रस्ताव अघि सारिरहेका बेला उनले यस्तो धारणा राखेका हुन्।

भट्टराईले तोकिएकै समयमा मुलुकमा निर्वाचन नभए देश डरलाग्दो सुरुङमा फस्ने चेतावनी दिँदै यही संविधानमा टेकेर दलहरूले छिटो निर्वाचन गराउने दिशामा अघि बढ्नुपर्ने बताए। वर्तमान कार्की नेतृत्वको अन्तरिम सरकारमा भएका कमीहरू हटाएर मुलुकलाई निर्वाचन सम्पन्न गराउनेतिर अघि बढाउनुपर्ने उनको भनाई थियो। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै भट्टराईले नेपालको वर्तमान संविधानलाई आधार बनाएर मुलुकमा रास्वपालगायतका वैकल्पिक राजनीतिक दलहरुले अघि बढ्दा नै उपयुक्त  हुने समेत बताए। 

उनले भने, ‘अब निर्वाचन त हामीले जसरी पनि गर्नुपर्छ। कथमकदाचित निर्वाचन भएन भने डरलाग्दो अध्यारो सुरुङमा देश फस्छ त्यसैले हामी सबैले सहयोग गरेर यो अन्तरिम सरकार, यो सुशीला कार्की नेतृत्वको जुन सरकार छ। यसका अपूर्णता, कमी, कमजोरी छन् भने यसलाई सच्याउन लगाऔं। तर यसैमार्फत नै छिटो चुनाव गराउनेतिर नै हामी जानुपर्छ। त्यसमा निम्ति जुन हाम्रा अलगअलग दलहरु छन्। अलग अगल दल पनि चुनावमा जान सकिन्छ। रास्वपाका साथीहरूलाई हामी एक्लै जान सकि हाल्छौ भन्ने आधारहरु पनि छन् त। ’ 

भट्टराईले मुलुकलाई भ्रष्टाचारबाट मुक्त गराउनका लागि सम्बन्धित निकायहरुलाई बलियो बनाएर अघि बढ्न उपयुक्त हुने पनि स्पष्ट पारे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad