नियमित महाधिवेशनको समय सार्वजनिक गर्न माग गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल गेटमा युवा कार्यकर्ताहरूले तालाबन्दी गरेका छन्।
आइतबार दिउँसो युवा कार्यकर्ताले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल गेटमा तालाबन्दी गरेका हुन्। उनीहरूले महाधिवेशनमा युवा प्रतिनिधित्वको सुनिश्चितता गर्न माग गरेका छन्।
पार्टी अनिर्णयको बन्दी भएको भन्दै छिटो निर्णय गर्नका लागि युवाहरूले तालाबन्दीपछि प्रदर्शन समेत गरेका छन्।
उनीहरूले युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न, नेपाली कांग्रेस र हरेक तहको निर्वाचनमा ४० मुनिका ४० प्रतिशत युवालाई समावेश गर्न माग गर्दै प्रदर्शन भएको छ।
युवाहरूको आवाजलाई नजरअन्दाज नगर्न चेतावनी समेत दिएका छन्।
105
Shares

प्रतिक्रिया