राजनीति


एकीकृत समाजवादीबाट एमालेमा फर्किन लागेकाहरूलाई योगेशको सुझाव: सर्तबारे आफ्नै विवेक प्रयोग गर्नू

एकीकृत समाजवादीबाट एमालेमा फर्किन लागेकाहरूलाई योगेशको सुझाव: सर्तबारे आफ्नै विवेक प्रयोग गर्नू

नेपालखबर
कात्तिक १९, २०८२ बुधबार ९:२४, काठमाडौँ

नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीबाट एमालेमा फर्किन लागेका नेता-कार्यकर्तालाई स्वागत गर्न तयार रहेको बताएका छन्। 

अमुक नेतालाई जिताउनैपर्ने सर्त स्वीकार गर्ने वा नगर्ने भन्ने कुरा भने आफ्नै विवेकले निर्णय गर्न सचिव भट्टराईले उनीहरूलाई सुझाव दिएका छन्।

‘अमुक नेतालाई जिताउनैपर्ने पूर्वसर्त स्वीकार गर्ने या नगर्ने यो यहाँहरूकै विवेकको विषय हो’, उनले भनेका छन्, ‘तर एमालेमा समाहित हुनु कुनै सर्तभन्दा पनि माथिको महत्त्वको सवाल हो। एमालेमा तपाईंहरूको सहभागिताबाट कुन नेतालाई फाइदा हुन्छ या हुन्न? कुन नेताले जित्छ या हार्छ? यो गौण हो।’

यस्तो छ, योगेशको पूरा अपिल-

नेकपा (एकीकृत) समाजवादीबाट एमालेमा समाहित हुने तयारीमा रहनु भएका कमरेडहरू,

पार्टी अध्यक्ष, महासचिव लगायत हामी सबैले यहाँहरूलाई नेकपा एमालेमा समाहित हुन आह्वान गरिसकेका छौँ। तपाईंहरुलाई स्वागत गर्न हामी तयार छौँँ।

जनताको बहुदलीय जनवादप्रतिको प्रतिबद्धता नै हाम्रो एकताको मुख्य आधार हो। अरू सबै तपसिलका विषय हुन्।

नीति र नेतृत्व स्वीकार गर्नुपर्ने सर्त पनि सुनियो। नीति र नेतृत्वलाई अस्वीकार गरेर सहकार्य कसरी हुन्छ र? यो भनिरहनुपर्ने विषय नै होिइन।

जबज हाम्रो सिद्धान्त हो, नीति हो। तपाईं हाम्रो साझा प्रयत्नले यसलाई थप परिष्कृत र समृद्ध बनाउने हो।

प्रतिस्पर्धाबाट छानिएको नेतृत्व हाम्रो एकताको आधार हो। पार्टीको ११औँ महाधिवेशनको मिति घोषित छ।

महाधिवेशनपूर्व नीति र नेतृत्वको बहस गर्ने वैधानिक अभ्यास पाँचौँ महाधिवेशनबाटै स्थापित गरिएको छ। यो पार्टी जीवनको लोकतान्त्रीकरणको महत्त्वपूर्ण आयाम पनि हो।

अमुक नेतालाई जिताउनैपर्ने पूर्वसर्त स्वीकार गर्ने या नगर्ने, यो यहाँहरूकै विवेकको विषय हो।

तर एमालेमा समाहित हुनु कुनै सर्तभन्दा पनि माथिको महत्त्वको सवाल हो। एमालेमा तपाईंहरूको सहभागिताबाट कुन नेतालाई फाइदा हुन्छ या हुन्न? कुन नेताले जित्छ या हार्छ? यो गौण हो।

हामी चाहन्छौँँ- हाम्रो सहकार्यले नेपाल राष्ट्रले जित्नुपर्छ, नेपाली जानताले जित्नुपर्छ र नेकपा एमालेले जित्नुपर्छ। त्यसका खातिर हामी हजारपटक हार्न तयार छौँँ।

स्वागत छ कमरेडहरू!

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसहितको वाम एकतामा सामेल हुने निर्णय गरेपछि रामकुमारी झाँक्री किसान, श्रेष्ठलगायतका नेता एमालेमा फर्किने तयारीमा छन्। आजै उनीहरूसहित नौ वाम घटकको एकता सभा हुँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad