राजनीति


एकीकृत समाजवादी त्यागेलगत्तै रामकुमारीले भनिन्: सुशीला कार्कीको औकात होला ओलीलाई बोलाएर कुरा गर्ने?

एकीकृत समाजवादी त्यागेलगत्तै रामकुमारीले भनिन्: सुशीला कार्कीको औकात होला ओलीलाई बोलाएर कुरा गर्ने?

फाइल तस्बिर: रामकुमारी झाँक्री


नेपालखबर
कात्तिक १९, २०८२ बुधबार २१:७, काठमाडौँ

कुनै बेला केपी ओलीकै उछितो काढेर एमालेबाट अलग भएकी रामकुमारी झाँक्रीले नेकपा एकीकृत समाजवादी त्यागेलगत्तै प्रशंसा गर्न थालेकी छन्। 

एमालेमा फर्किन संवाद गरिरहेकी एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य झाँक्रीले बुधबार काठमाडौँको बबरमहलमा पत्रकार सम्मेलन गरी आजैदेखि यो पार्टीसँगको यात्रा अन्त्य भएको घोषणा गरेकी छन्।

यसपछि सोही दिन पत्रकार टीकाराम यात्रीलाई दिएको अन्तर्वार्तामा पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गर्ने ‘औकात’ प्रधानमन्त्री सुशीला कार्कीसँग नभएको बताएकी हुन्। 

यस्तै उनले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई पनि ओलीले बयान नदिने बताएकी छन्।

‘केपी ओलीलाई एरियाबन्दी गर्नुपर्ने कारणको जस्टिफाई गर्नुहुन्छ?‍‍...केपी ओलीले तिनलाई (गौरीबहादुर कार्कीलाई) बयान दिनु होला र? त्यो त टीकाराम यात्रीले पनि दिनुहुन्न, मैले त धेरै परको कुरा’, झाँक्रीले अन्तर्वार्तामा भनेकी छन्, ‘केपी ओली भेट्न जानुहोला त सुशीला कार्कीलाई फेरि?’ 

केपीजीले त बालकोटमा आऊ भनेर रुपेश श्रेष्ठजीको अन्तर्वार्तामा भन्दै हुनुहुन्थ्यो? 

जवाफमा झाँक्रीले भनेकी छन्, ‘भेट्न जानु हुन्न, बालकोट गए त आफ्नो घरमा बोलाउनु भो नि त! डढेको यो मेरो घरको खरानीमा तिमी प्रधानमन्त्री भको हौ, आऊ भेट भनेर सिम्बोलिक हिसाबले दिनु भको हो। केपी ओलीले यो आयोगलाई बयान देला? अनि केपी ओली सुशीला कार्कीलाई भेट्न जानुहोला र? अनि सुशीला कार्कीको औकात होला, यी मान्छेलाई बोलाएर कुरा गर्ने?’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad