राजनीति


रविको मुद्दा न्यायाधीशद्वय आचार्य र अर्यालको इजलासमा

रविको मुद्दा न्यायाधीशद्वय आचार्य र अर्यालको इजलासमा

नेपालखबर
कात्तिक २७, २०८२ बिहिबार ११:१६, काठमाडौँ

सहकारी ठगी र संगठित अपराध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामाथि उच्च अदालत, तुलसीपुरको बुटवल इजलासमा आज पेशी तोकिएको छ। 

उच्च अदालतको दैनिक पेशी सूची अनुसार, न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा पेशी तोकिएको छ। इजलास नं. १ मा पेशी तोकिएको लामिछानेको मुद्दासँगै छविराज जोशीको मुद्दा पनि राखिएको छ। 

गत साता उच्च अदालतले लामिछानेको मूल मुद्दाको प्रतिलिपि झिकाउन आदेश दिएको थियो। प्रतिलिपि आएसँगै आज पेशी तोकिएको उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले जनाएको छ। 

पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले आफ्नो भागको बिगो रकम दाखिला गरेर रिहा गर्न माग गरेका थिए। उनले दिएको निवेदनमाथि जिल्ला अदालत, रुपन्देहीमा गत साउन २६ गते सुनुवाइ गर्दै न्यायाधीश नारायण सापकोटाले रिहा गर्न अस्वीकार गरेका थिए। 

जिल्ला अदालतको यस आदेश विरुद्ध उनी गत भदौ ९ मा उच्च अदालत पुगेका थिए। गत साता त्यसमाथि सुनुवाइ गर्दै उच्च अदालतले मुद्दाको प्रतिलिपि झिकाएको थियो। 

बुटवलको सुप्रिम सहकारी ठगीमा लामिछाने सहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर मुद्दा दर्ता गरिएको छ। लामिछानेले आफ्नो भागको दुई करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत सहित अदालतमा निवेदन दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad