राजनीति


सरकारले समयमै निर्वाचन गर्नुको विकल्प देखेको छैन : मन्त्री सिन्हा

सरकारले समयमै निर्वाचन गर्नुको विकल्प देखेको छैन : मन्त्री सिन्हा

नेपालखबर
मंसिर १, २०८२ सोमबार १६:१९, काठमाडौँ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकार आगामी फागुन २१ गते नै निर्वाचन सम्पन्न गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्। 

देशभर तोकिएको मितिमा चुनाव नहुने आशंका भइरहेका बेला मन्त्री सिन्हाले सरकार यसको तयारी र जिम्मेवारीबोधका साथ अघि बढिरहेको बताएका हुन्।

सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री सिन्हाले जेनजी आन्दोलनपछि विचलित बनेको संवैधानिक प्रक्रियालाई पुनः सही बाटोमा ल्याउनु नै वर्तमान सरकार गठनको मुख्य उद्देश्य रहेको बताए।

‘जेनजीको घटनाक्रमपछि संवैधानिक प्रक्रिया डाइभर्ट भएको स्थितिलाई पुनः ट्रयाकमा ल्याउने जिम्मेवारी हामीले बोकेका छौँ,’ मन्त्री सिन्हाले भने, ‘हामीले देखेको एकमात्र विकल्प निर्वाचन हो। चुनावमार्फत नै मुलुकलाई संवैधानिक बाटोमा फर्काउन सकिन्छ।’

मन्त्री सिन्हाले मुलुकलाई शान्ति र विकासको दिशामा अघि बढाउन पनि समयमै निर्वाचन सम्पन्न गर्नु अपरिहार्य रहेको बताए। उनले वर्षौदेखि अलपत्र परेको दलितसम्बन्धी कानुन निर्माणमा आफूले प्राथमिकता दिने आश्वासन पनि दिए।

‘२०५२/५३ सालदेखि बाँकी रहेको दलितसम्बन्धी कानुन अझै बन्न सकेको छैन। अब त्यसमा सरकार गम्भीरतापूर्वक लाग्नेछ,’ उनले स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad