राजनीति


नेपाली कम्युनिस्ट पार्टीले १२ गतेबाट प्रदेशमा ‘एकता सन्देश सभा’ कार्यक्रम गर्ने

नेपाली कम्युनिस्ट पार्टीले १२ गतेबाट प्रदेशमा ‘एकता सन्देश सभा’ कार्यक्रम गर्ने

नेपालखबर
मंसिर १, २०८२ सोमबार १६:३८, काठमाडौँ

नवगठित नेपाली कम्युनिष्ट पार्टीले देशभर एकता सन्देश सभा सञ्चालन गर्ने भएको छ।

सोमबार संयोजक पुुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोकज माधवकुमार नेपालले संयुुक्तरुपमा विज्ञप्ति निकाल्दै मंसिर महिनाभर विभिन्न प्रदेश, जिल्ला तथा स्थानीय तहमा आयोजना गरिने सन्देश सभाको कार्यतालिका सार्वजनिक गरेका हुन्। 

मंसिर १२ देखि २३ सम्म विभिन्न प्रदेशमा कार्यक्रम गरिने छ। त्यस्तै मंसिर २६ गतेसम्म सबै जिल्लामा, र मंसिर २९ गते देशभरका सबै स्थानीय तहमा एकता सन्देश सभा गर्ने बताइएको छ। 

यस्तो छ कार्यक्रम तालिकाः

सुदूरपश्चिम प्रदेशः मंसिर १२, धनगडी

लुम्बिनी प्रदेशः मंसिर १३, दाङ देउखुरी

गण्डकी प्रदेशः मंसिर १४, पोखरा

कोसी प्रदेशः मंसिर १५, विराटनगर

उपत्यका विशेष प्रदेशः मंसिर १७, काठमाडौं

कर्णाली प्रदेशः मंसिर १८, सुर्खेत

संघीय सम्पर्क समन्वय प्रदेशः मंसिर १९, काठमाडौँ

मधेस प्रदेशः मंसिर २०, जनकपुर

प्रवासी प्रदेशहरूको संयुक्त कार्यक्रमः मंसिर २१, साँझ ६ बजे भर्चुअल

बागमती प्रदेशः मंसिर २३, हेटौंडा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad