राजनीति


११ औँ महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेछ : पोखरेल

११ औँ महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेछ : पोखरेल

नेपालखबर
मंसिर ८, २०८२ सोमबार १७:१४, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन आगामी नेतृत्व चयनमा पूर्ण रूपमा केन्द्रित हुने बताएका छन्।

सोमबार काठमाडौँमा बसेको एमाले ११ औँ महाधिवेशन प्रचार समितिको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नीति, कार्यक्रम र विधानसम्बन्धी सबै प्रमुख निर्णय महाधिवेशनले गरिसकेकाले अब मंसिर २७ गतेदेखि हुने राष्ट्रिय महाधिवेशन मूलतः नेतृत्व निर्माणको प्रक्रियामा केन्द्रित हुने स्पष्ट पारे।

पोखरेलले भने, ‘महाधिवेशन प्रतिनिधि चयनदेखि नेतृत्व निर्माणसम्मका सबै प्रक्रिया लोकतान्त्रिक मूल्य-मान्यतामा आधारित रहन्छन्।’

महासचिव पोखरेलका अनुसार पार्टीको भावी संरचना, कार्यदिशा र विधानसम्बन्धी महत्वपूर्ण निर्णयहरू महाधिवेशनबाट अन्तिम रूप पाइसकेका छन्। उनले आगामी महाधिवेशनलाई प्रतिगमनविरुद्धको ‘निर्णायक राजनीतिक प्रक्रिया’ भन्दै त्यसले पार्टीलाई थप एकताबद्ध बनाउने विश्वास व्यक्त गरे।

महाधिवेशनको उद्घाटन समारोहमा हुने जनप्रदर्शन ‘अहिलेसम्मकै सबैभन्दा ठूलो ऐतिहासिक प्रदर्शन’ हुने दाबी गर्दै पोखरेलले त्यसका लागि सबै तह र संरचनालाई सक्रिय सहभागितासमेत आग्रह गरे।

बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले महाधिवेशनले राष्ट्रियता, सामाजिक विकास र पुनर्निर्माणजस्ता मूल राजनीतिक मुद्दालाई एजेन्डामा अघि सार्ने जानकारी दिए। उनका अनुसार युवा पुस्ता, विशेषतः जेन-जेड मैत्री संरचना निर्माण तथा महिलाको सहभागिता र नेतृत्व भूमिकामा उल्लेख्य वृद्धि महाधिवेशनका प्रमुख प्राथमिकता हुनेछन्।

त्यसैगरी, पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले वाग्मती प्रदेशलाई महाधिवेशनमा विशेष प्राथमिकता दिइएको बताए। प्रदेश संगठनलाई अझ सुदृढ बनाउँदै राजनीतिक अभियानलाई प्रभावकारी बनाउने लक्ष्यसहित वाग्मतीलाई केन्द्रबिन्दु बनाइएको उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad