राजनीति


मिराज ढुंगानालाई उपार्जुनको प्रश्नः आज किन र कसका लागि सडकमा आइरहनु भएको छ?

मिराज ढुंगानालाई उपार्जुनको प्रश्नः आज किन र कसका लागि सडकमा आइरहनु भएको छ?

नेपालखबर
मंसिर ९, २०८२ मंगलबार २२:०, काठमाडौँ

जेनजी अगुवा मिराज ढुंगानालाई अर्का जेनजी अगुवा उपार्जुन चाम्लिङले किन र कसका लागि सडकमा आउनुभएको भनी प्रश्न गरेका छन्। 

मंगलबार सिंहदरबार गेटअगाडि भेला भएर प्रदर्शन गर्दा प्रहरीले हटाएका मिराजको समूहलाई उपार्जुनले यस्तो प्रश्न गरेका हुन्।

उनले सामाजिक सञ्जालमा लेख्दै हिजो आउनुपर्ने बेला सडकमा नआएको आज किन र कसका लागि आएको भनेर सोधेका छन्।

अरुसँग जवाफदेहिता खोज्दै गर्दा आफूमाथिको प्रश्नबारे पनि ख्याल गर्न उनले आग्रह गरेका छन्।

‘मिराजजीहरूसँग राजनीतिक रुपमा कुनै पनि कुरामा सहमत हुन सकिन्न। यद्यपी आज उहाँको समूहमाथि गरिएको धरपकडको पनि समर्थन गर्न सकिन्न। यो लोकतन्त्रको लागि खासै शोभा दिने विषय होइन।  सडक सबैको हो। लोकतन्त्र मान्नेको पनि। नमान्नेको पनि’ उनले लेखेका छन्, ‘तर अचम्म लागेको विषय चाहिँ हिजो आउनुपर्ने बेला सडकमा न आउनु भएको ढुंगानाजी आज किन र कसका लागि आइरहनु भएको छ? उहाँहरू कोसँग आइरहनु भएको छ? अरुसँग जवाफदेहिता खोज्दै गर्दा आफूमाथिको प्रश्नबारे पनि ख्याल गर्नुपर्छ है साथी हो। जवाफ छ कि प्रश्न मात्रै मित्र मिरजजी?’

आज सिंहदरबारअगाडि जम्मा भएका मिराज ढुंगानासहितलाई प्रहरीले हटाएको थियो। सिंहदरबार गेटअगाडि उनीहरूले निषेधित क्षेत्रमा भीड गरेर होहल्ला गरेको भन्दै प्रहरीले हटाएको हो।  

सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार पुगेका उनीहरूलाई भेट्न नदिएको भन्दै मंगलबार गेटअगाडि जम्मा भएका थिए। 

ठूलो संख्यामा भीड जम्मा भएपछि प्रहरीले भित्र प्रवेश गर्न नदिई गेटबाट हटाएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले नेपालखबरलाई जानकारी दिए। 

प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठले जेनजीका नाममा आफ्ना परिवारका सदस्यलाई जागिर खुवाएको विषयमा प्रकाशित समाचारको विषयमा ध्यानाकर्षणपत्र बुझाउन गाएका जेनजी समूहले प्रधानमन्त्रीलाई भेट्न नपाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमै होहल्ला गरेका थिए। 

सुदन गुरुङ नेतृत्वको जेनजी समूह ध्यानाकर्षणपत्र बुझाउन सोमबार प्रधानमन्त्री कार्यालय पुगे पनि प्रधानमन्त्रीले समय नदिएको उनीहरूको गुनासो रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad