राजनीति


एकीकृत समाजवादी र माओवादीको एकता अराजनीतिक हो: घनश्याम भुसाल

एकीकृत समाजवादी र माओवादीको एकता अराजनीतिक हो: घनश्याम भुसाल

नेपालखबर
मंसिर ११, २०८२ बिहिबार १५:७, काठमाडौँ

नेकपा एकीकृत पुनर्गठन अभियानका घनश्याम भुसालले नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीचको एकता अराजनीतिक भएको बताएका छन्।  

बिहीबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले एमालेबाट अलग भएको औचित्य पुष्टि नहुँदै माओवादीसँग एकता गर्नु अवसरवाद भएको बताएका हुन्।  

‘यो एकता कतातिर गयो भन्दाखेरि नेकपा एमालेभन्दा बाहिर अर्को कुनै शक्ति छ, ध्रुव छ भनेर देखाउने र त्यसपछाडि त्यै एमालेसँग वा कांग्रेससँग वा अरू कसैसँग बार्गेनिङ गर्ने,' उनले भने, 'सत्ताका लागि सौदेबाजी गर्ने र केही नेताहरूको उम्मेदवारी सुनिश्चित गर्ने, आउने संसद्‌मा तिनको सिट सुरक्षित गर्ने बाहेक यो एकताको कुनै राजनीतिक आधार छैन।’

नेता भूसालले सैद्धान्तिक मुद्दामा बहस सुरु हुँदाका दिन प्रचण्ड र माधव नेपाललगायतका बीच एकता भएर बनेको नेपाली कम्युनिस्ट पार्टी चार टुक्रा हुने दाबी गरे।

‘अब हाम्रो क्रान्तिको बाटो के हो, अरु यस्ता तमाम प्रश्नमा, सैद्धान्तिक प्रश्नमा, वैचारिक प्रश्नमा छलफल हुनेबित्तिकै त्यो चार टुक्रा हुनेवाला छ’ उनले भने। विगतमा एमालेमा उठाएका सैद्धान्तिक प्रश्न एकीकृत समाजवादीमा पनि बल्झिएको उनको भनाइ छ।

उनले भने,‘हिजो नेकपा एमालेभित्र जसरी छलफल गर्दथ्यौं, विचारको, सिद्धान्तको, संगठनको जुन कुरा गर्दैथियौं त्यही प्रश्न फेरि नेकपा एकीकृत समाजवादीमा आएपछि र त्यहाँ पनि त्यही छलफलमा कुरा मिलेन।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad