राजनीति


वर्तमान सरकार जनताको आदेशमा बनेको हो : महर

वर्तमान सरकार जनताको आदेशमा बनेको हो : महर

नेपालखबर
मंसिर १७, २०८२ बुधबार १८:३४, काठमाडौँ

नेपाली कांग्रेसका नेता नैनसिंह महरले वर्तमान सरकार जनताको आदेशको आधारमा बनेको दाबी गरेका छन्। पार्टीभित्रै सरकारको वैधताबारे उठिरहेका प्रश्नबीच नेता महरले जेन-जी आन्दोलनमार्फत जनताले दिएको निर्देशनअनुसार सरकार गठन भएको बताएका हुन्।

बुधबार काठमाडौँमा आफूले रचना गरेको ‘बन्छ बन्छ, मेरो देश बन्छ’ गीत सार्वजनिक कार्यक्रममा बोल्दै नेता महरले नेपालको संविधानले स्पष्ट रूपमा सार्वभौमसत्ता जनतामा निहित रहेको उल्लेख गर्दै भने- संविधानमा लेखिएको छ- सार्वभौमसत्ता जनतामा निहित। त्यो भनेको सार्वभौम सत्ता सरकारमा होइन, जनतामा हुन्छ।

उनका अनुसार जनताले दिएको आदेशलाई कार्यान्वयन गर्दै अहिलेको सरकार बनेको भए पनि आन्दोलनका क्रममा घुसपैठ हुनु वा राष्ट्रिय धरोहर भत्किनु गल्ती र कमजोरी भएको स्वीकार गर्नुपर्ने बताए। तर पनि राजनीतिक दलहरूले पर्याप्त काम नगरेका कारण जेन–जी आन्दोलन उत्पन्न भएको महरको भनाइ छ।

नेता महरले थप भने, ‘सरकारले पर्याप्त काम गर्न नसक्दा आन्दोलन भयो। त्यसले सबै राजनीतिक दललाई जनताको पक्षमा काम गर्न निर्देश गरेको छ।’

देश निर्माणप्रति आशा जगाउने उद्देश्यले आफूले गीत रचना गरेको उनले बताएका थिए।

सो कार्यक्रममा राष्ट्रिय गानका लेखक प्रदीप कुमार राई ‘व्याकुल माईला’, वरिष्ठ गीतकार भोलाप्रसाद रिजाललगायतका वक्ताहरूले मुलुकलाई अघि बढाउने काममा राजनीतिक दलहरू प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad