विराटनगर किंग्सले दिएको मध्यम लक्ष्य पछ्याइरहेको लुम्बिनी लायन्स तीन विकेट गुमेपछि दबाबमा परेको छ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरका सुवाष भण्डारीले एउटै ओभरमा दुई विकेट लिएपछि लुम्बिनी दबाबमा परेको हो। सुवाषले चौथो ओभरको पहिलो बलमा सुमित महर्जन र चौथो बलमा रोहित पौडेललाई आउट गरेका थिए।
त्यसपछि डि आर्सी सर्ट र सन्दीप जोराले पारी सम्हालेका थिए। तर, नवौं ओभरमा सन्दीप लामिछानेले सन्दीप जोरालाई आउट गरेका थिए।
दश ओभरको खेल सकिँदा लुम्बिनीले तीन विकेट गुमाएर ६९ रन बनाएको छ।
यसअघि ब्याटिङ गरेको विराटनगरले एक सय ४४ रन बनाएको थियो।
6
Shares

प्रतिक्रिया